स्कोडाले बजारमा उतार्यो नयाँ अक्टाभिया कार, मूल्य ७१ लाखदेखि १ करोड ११ लाख रुपैयाँसम्म

बिजमाण्डू
२०७५ माघ २१ गते १६:३१ | Feb 4, 2019
स्कोडाले बजारमा उतार्यो नयाँ अक्टाभिया कार, मूल्य ७१ लाखदेखि १ करोड ११ लाख रुपैयाँसम्म

काठमाडौं। नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा अक्टाभियाको विक्री सुरु गरेको छ। स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME

नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डिएसजी गियरबक्स छ। यसमा १.८ लिटरको टिएसआई इन्जिन छ। पेट्रोल भेरियन्टकै ६ स्पिड डिएसजी गियर बक्स जडित १.४ लिटरको टिएसआई इन्जिनले अधिकतम १५० बिएचपी शक्ति उत्पन्न गर्छ। 

२.० लिटरको डिजेल इन्जिनले अधिकतम १४३ बीएचपी उर्जा उत्पन्न गर्छ। टप स्पेक भर्सनको अक्टाभिया ‘एल एन्ड के’ मा ८ ओटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमसः ६ र चार एयरब्याग छन्। 

अक्टाभियाको सबै ट्रिममा एबीए (एन्टि लक ब्रेक), इबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यसन) र ट्रयाक्सन कन्ट्रोल जस्ता विशेषता उपलब्ध छन्। 

पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’ को मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मूल्य एक करोड २ लाख रहेको छ। डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’ को मूल्य ९१ लाख रुपैयाँबाट सुरु भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपैयाँ रहेको छ। 

न्यु स्कोडा अक्टोभियाको स्वरुपमा सिग्नेचर बटरफ्लाई ग्रिलको डिजाइन लगायत अन्य ठोस सुधार गरिएको विज्ञप्तिमा उल्लेख छ। नयाँ अक्टाभिया हालसम्मकै स्टाइलिस अक्टाभिया हो। नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ। साथै, यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ। टेलमा पनि नयाँ एइडी लाइटिङ जडान गरिएको छ। नयाँ स्कोडा अक्टाभियामा नयाँ एलोइ ह्विल समेत रहेको छ। 

नयाँ कारमा आठ इन्च ठूलो रंगीन इन्फोटेन्मेन्ट टचस्क्रिन जडान गरिएको छ जसलाई एपर कारप्ले वा एन्ड्रोइड अटो र मिरर लिंकमार्फत मोबाइल फोनसँग कनेक्ट गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।