
काठमाडौं। असोज मसान्तसम्म देशको चालु खाता घाटा विस्तार भएर ८१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष घाटा २५ अर्ब ५२ करोड रुपैयाँ मात्र थियो।
उच्च आयातले शोधनान्तर खाता घा६ ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष ४ अर्ब २७ करोड रुपैयाँ बचत थियो।
नेपाल राष्ट्र बैंकले आइतबार देशको बर्तमान परिदृश्य सार्बजनिक गर्दै आयात ४३.६ प्रतिशतले बढेर ३७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको जनाएको छ। जबकी निर्यात २३ अर्ब ७४ करोडको मात्र भएको छ।
कुल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले विस्तार भएर ३४९ अर्ब ८४ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ।
असोजसम्म विदेशमा काम गर्न गएका नेपालीले पठाएको रेमिटेन्स अघिल्लो बर्षको तुलनामा ३७.३ प्रतिशतले वृद्धि भएको छ। तीन महिनामा २४२ अर्ब १७ करोड रेमिटेन्स भित्रिएको छ।
असोजसम्म प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड आएको छ। अघिल्लो बर्ष असोजमा ६ अर्ब ७ करोड भित्रिएको थियो।