एनसेल ‘रिचार्ज एण्ड विन’ अफरका यी हुन भाग्यमानी, जसले रिचार्ज गर्दा एक लाख रुपैयाँ पाए

बिजमाण्डू
२०७५ भदौ २९ गते १४:०८ | Sep 14, 2018
एनसेल ‘रिचार्ज एण्ड विन’ अफरका यी हुन भाग्यमानी, जसले रिचार्ज गर्दा एक लाख रुपैयाँ पाए


काठमाडौं।एनसेलले ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् ।

Tata
GBIME

१० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले विहिबार जनही नगद एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने कम्पनीले जनाएको छ।
 

एनसेलका सेक्युरिटी तथा जनरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही रु एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

यो अफर गत भदौ १७ गतेबाट संचालनमा रहेको छ । कम्पनीका अनुसार यो योजनामा साप्ताहिक सय भन्दा वा सो भन्दा बढी रिचार्ज गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ।कम्पनीका अनुसार यसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ।