
काठमाडौं। सन् २०१७ मा शेयर बजार १२५२.५० देखि १७०९.८२ अंकबीचमा घुम्यो।
बर्षको अन्तिम दिन नेप्सेमा ५८ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। बर्षभरीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भयो। यस कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो।
सबै भन्दा धेरै कारोबार भएका १० कम्पनी
कम्पनी | जम्मा कारोबार (रु) |
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी | 5,638,909,146 |
स्ट्यार्डर्ड चार्टर्ड बैंक | 5,369,492,093 |
एभरेष्ट बैंक | 3,734,546,742 |
प्रभु बैंक | 3,655,617,125 |
नेपाल इन्भेष्टमेन्ट बैंक | 3,597,747,003 |
नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक | 3,590,757,605 |
सानिमा बैंक | 3,559,815,413 |
नेपाल बैंक लिमिटेड | 3,483,542,631 |
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी | 3,095,552,933 |
नेपाल बंगलादेश बैंक | 2,854,942,939 |
२०१७ का सबै भन्दा धेरै कारोबार भएका १० दिन
मिति | सूचक | कारोबार रकम (रु) |
11/21/2073 | 1,660.52 | 2442590000 |
12/16/2073 | 1,588.29 | 2043980000 |
8/18/2074 | 1,703.07 | 1986260000 |
7/18/2074 | 1,709.82 | 1860470000 |
12/22/2073 | 1,657.02 | 1566310000 |
6/18/2074 | 1,676.22 | 1542030000 |
1/10/2074 | 1,693.72 | 1515860000 |
12/13/2073 | 1,533.83 | 1511490000 |
1/5/2074 | 1,612.04 | 1458510000 |
12/17/2073 | 1,587.64 |
1447270000 |
नेपाल स्टक एक्सचेन्जमा नयाँ महाप्रवन्धक नियुक्त
नेप्सेमा असोज २३ गते चन्द्रसिंह साउद महाप्रबन्धक नियुक्त भए। सिताराम थपलिया पाँच बर्षे कार्यकाल सकिएर अवकाश भएपछि नियुक्त भएका साउदले बजारलाई नयाँ गति दिने गरि काम गर्ने प्रतिबद्धता जनाए।
ब्रोकरबाटै कारोबार ठप्प
राजस्व विभागले गत असार १४ गते दुर्इ ब्रोकर कार्यालयलार्इ ब्रोकरले पाउने कमिसनमा भ्याट तिर्न भन्दै पत्र काटेपछि असार १५ गते कारोबार नै ठप्प पारेका थिए। ब्रोकरले पाउने कमिसनमा १३ प्रतिशत भ्याट तिर्नु पर्ने भन्दै राजस्वले गत मंसिरमा पुनः पत्राचार गरेको थियो। यस विषयमा अझै टुङ्गो लागेको छैन।
एनआरएनको १० अर्ब
शेयर बजारमा एनआरएनको लागानी भित्र्याउने सम्वन्धमा गत पुष ७ गते धितोपत्र बोर्ड र एनआरएनका पदाधिकारीबीच छलफल भएको थियो। छलफलमा उनीहरुले पूँजी बजारमा संस्थागत रुपमा १० अर्व रुपैयाँको लगानी भित्र्याउने घोषणा गरेका थिए।
अनलाइन प्रणालीको घोषणा तर काम भएन
नेपाल स्टक एक्सचेन्जले कार्तिक २१ गते अनलाइन सेवा दिने घोषणा गरेको थियो। यस अवधिमा अनलाइन सेवा ल्याउन नसकेको नेप्सेले २०७५ बैशाखसम्ममा ल्याउने जानकारी दिएको छ। नेप्सेले सफ्टवेयर निर्माणको लागि वाइको कम्पनीसँग सम्झौता गरेको थियो। उक्त संम्झौता २०७५ जेठसम्म रहेको छ।
शेयर भर्न घण्टौं लाइन लाग्नु पर्ने समस्याको अन्त्य
धितोपत्रको सार्वजनिक निष्काशन कार्यलार्इ छिटो छरितो र पारदर्शी बनाउन भन्दै ल्याइएको धितोपत्र खरिद सम्वन्धी निर्देशिका २०७३ गत माघ १ गतेबाट लागु भयो। यससँगै घण्टौं लाइन बसेर शेयरमा आवेदन दिनु पर्ने झन्झटबाट लगानीकर्तालाई मुक्ति मिलेको छ।
ब्रोकरको शाखा विस्तार
नेपाल स्टक एक्सचेन्जको निर्देशनमा ब्रोकर कार्यालयहरुले राजधानीवाहिरका शहरमा पनि शाखा खोलेर सेवा दिन थाले। हाल ४२ वटा ब्रोकरले शाखा कार्यालय खोलेका छन्।
आइपिओमा १० कित्ता अनिवार्य
धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ जारी गर्दै आइपिओमा आवेदनकलार्इ १० कित्ता शेयर अनिवार्य वितरण गर्ने पर्ने व्यवस्था गर्यो। अंकित मूल्य १०० रुपैयाँ बराबरको शेयर निस्कासन गर्न पाउने ब्यवस्था रहेकोमा अबदेखि १० रुपैयाँ बराबरका शेयर पनि निस्कासन गर्न पाइने छ।
दुर्इ वटाभन्दा धेरै डिम्याट खाता खोल्न नपाइने
धितोपत्र बोर्डले बढीमा दुर्इ वटा मात्र डिम्याट खाता खोल्न पाइने ब्यवस्था मिलायो। यसअघि एउटै ब्यक्तिका दर्जनौं खाता खुलेका थिए।
कमोडिटी ऐन आयो
बस्तु तथा विनिमय बजार सम्वन्धी विधेयक प्रमाणीकरण भएर कार्यान्वयनमा आएको छ। नियमनको जिम्मा धितोपत्र बोर्ड पाएसँगै बस्तु तथा विनिमय बजार सम्वन्धी नियमावली कार्यान्वयनमा समेत आइसकेको छ।