वसन्त खड्का/बिजमान्डू
काठमाडौं । दसैं तिहारमा स्वदेश तथा विदेश घुम्न जानेहरुलाई लक्षित गर्दै विभिन्न ट्राभल एजेन्सीले छुटसहित आर्कषक भ्रमण प्याकेज ल्याएका छन् । कम्पनीहरुले थाइल्याण्ड, मलेसिया, सिंगापुर दुबई तथा युरोप लगायतका देशमा भ्रमणका आर्कषक प्याकेज ल्याएका हुन् ।
पछिल्लो समयमा नेपालीहरु विदेश भ्रमण गर्ने क्रम बढेपछि कम्पनीहरुले छुटसहितको आर्कषक योजना ल्याएका हुन् । दसैंतिहारमा लामो समयको सार्वजनिक विदा हुने भएकोले यो उपयुक्त समय मानिन्छ । पछिल्लो समयमा नेपालीहरुले आम्दानीको केही रकम घुमफिरमा खर्च गर्न थालेका छन् । नेपालीको यही चाहनालाई हेरेर केही कम्पनीले स्वदेश र विदेश घुम्नका लागि प्योकज तयार गरेका छन् ।
दशै तिहार घुमघाम प्याकेज अन्तर्गत इन्टाएर ट्राभल एण्ड टुरले मलेसिया र सिंगापुर भ्रमणको लागि ६ रात/सात दिनको एक लाख पाँच हजार पाँच सय ८९ रुपैयाको प्याकेज ल्याएको छ । योजना अन्र्तगत तीन तारे होटलमा खाने बस्ने र खाजा सुविधा जोडिएको छ ।
इन्टाएर ट्राभलको अफर
प्याकेज |
कति दिन |
मुल्य |
सुविधा |
मलेसिया ,सिंगापुर |
छ रात सात दिन |
१०,५५८९ |
तीन तारे होटलमा खाजा खाना र बस्ने सुविधा |
थाइल्याण्ड |
चार रात पाँच दिन |
५४,९०० |
तीन तारे होटलमा बस्ने सुविधा |
दुबई |
छ रात सात दिन |
७९,१२३ |
ती तारे होटलमा बस्ने सुविधा |
दुबई |
छ रात सात दिन |
९१,०५२ |
तिन तारे होटलमा खाजा खाना र बस्ने सुविधा |
कम्पनीले दुबईको लागि ६ रात/सात दिनको लागि तीन तारे होटलमा खाने वस्ने व्यवस्था सहितको ९१ हजार पचास रुपैयाको प्याकेज सुविधा छ । दुबईकै लागि ६ रात/सात दिनको तीन तारे होटलमा बस्ने व्यवस्था सहितको ७९ हजार एक सय २३ रुपैयाको अर्का प्याकेज ल्याएको छ । कम्पनीले थाइल्याण्डको लागि चार रात पाँच दिनको लागि ५४ हजार नौ सय रुपैयाँको प्याकेजको व्यवस्था गरेको छ ।
एस ट्राभल्सले पनि दशै तिहार विदेश भ्रमण प्याकेज
एस ट्राभल्सको दशै तिहार विदेश भ्रमण प्याकेज
प्याकेज |
कति दिन |
मूल्य |
थप सुविधा |
थाइल्याण्ड |
चार रात पाँच दिन |
५३,७०० |
पोखरा फ्रि |
मलेसिया र सिंगापुर |
पाँच रात छ दिन |
८८७०० |
चितवन फ्रि |
थाइल्याण्ड, मलेसिया र सिंगापुर |
नौ रात दश दिन |
१२७,७०० |
पोखरा, चितवन फ्रि |
दुबई |
तीन रात चार दिन |
५९,७०० |
नगरकोट फ्रि |
युरोपका चार देश |
सात रात आठ दिन |
२७७,७०० |
पोखरा, चितवन र लुम्विनी फ्रि |
अन्तर्गत विदेशमा भ्रमण गर्न जानेहरुलाई उपहार स्वरुप नेपालका प्रमुख पर्यटकीय स्थलमा निशुल्क घुम्न जाने व्यवस्था गरेको छ । थाइल्याण्ड घुम्न जानेका लागि चार रात पाँच दिनको ५३ हजार सात सय रुपैया लाग्छ भने दुइ रात तीन दिनको लागि एजेन्सीले निशुल्क रुपमा पोखरा भ्रमण गराउने जनाएको छ ।
एजेन्सीले मलेसिया र सिंगापुर लागि पाँच रात/छ दिन को ८८ हजार सात सय रुपैयाँ लाग्ने एजेन्सीले जनाएको छ । यो प्याकेजमा दुई रात तीन दिनको चितवन भ्रमण निशुल्क पाइनेछ । थाइल्याण्ड ,मलेसिया र सिंगापुर एकै पल्ट भ्रमण गर्दा एक लाख २७ हजार सात सय रुपैयाँ खर्च लाग्ने छ भने चार रात पाँच दिन बरावरको पोखरा र चितवन भ्रमण निशुल्क गर्न सकिने छ ।
दुबईको लागि तीन रात/चार दिनको ५९ हजार सात सयको प्याकेज रहेको छ जस अन्तर्गत एक रात/दुई दिनको नगरकोट भ्रमण निशुल्क पाइनेछ । युरोपका चार ओटा देशको भ्रमणका लागि ट्राभल्सले सात रात आठ दिनको लागि दुई लाख ७७ हजार सात सय रुपैयाको प्याकेज ल्याएको छ ।
युरोप भ्रमण गर्नेले उपहार स्वरुप पाँच रात/छ दिनको पोखरा ,चितवन र लुम्बिनी भ्रमण निशुल्क गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले दसैंतिहारमा विदेश घुम्न जानेहरुलाइ फ्री भिसा, तीन तारे होटलमा बस्ने व्यवस्था तथा विदेशका मुख्य मुख्य स्थानमा घुमाउने व्यवस्था गरेको जनाएको छ ।
अरिहन्तको अफर
प्याकेज |
कति दिन |
मुल्य |
कस्मिर |
छ रात सात दिन |
७३,००० |
मलेसिया ,सिंगापुर ,थाइल्याण्ड |
नौ रात दश दिन |
१२१,००० |
श्रीलंका ,माल्दिभ्स |
आठ रात नौ दिन |
१५१,००० |
मलेसिया ,वाली ,सिंगापुर |
नौ रात दश दिन |
१६७,००० |
मौरिसस् |
छ रात सात दिन |
१४५,००० |
यस्तै अरिहन्त होलिडेजले भारतको सिमलाको लागि ६ रात सात दिनको ७३ हजारको भ्रमण प्याकेज ल्याएको छ । मलेसिया , सिंगापुर र थाइल्याण्डको लागि नौ रात÷दश दिनको एक लाख २१ हजार रुपैयाको प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत ६ रात/सात दिनसम्म बैंकक वा कम्वोडियामा पनि घुम्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले श्रीलंका र माल्दिभ्स लागि आठ रात/नौ दिनको एक लाख ५१ हजार तथा मलेसिया, वाली र सिंगापुरको लागि एक लाख ६७ हजार रुपैयाको भ्रमण प्याकेज ल्याएको छ ।