BIZMANDU
www.bizmandu.com

व्याजदर घटेपछि निक्षेपकर्ता विकास बैंक र फाइनान्समा सरे, कृषि र उद्योगमा जाने कर्जा बढ्यो

२०६९ असोज १६

व्याजदर घटेपछि निक्षेपकर्ता विकास बैंक र फाइनान्समा सरे, कृषि र उद्योगमा जाने कर्जा बढ्यो
व्याजदर घटेपछि निक्षेपकर्ता विकास बैंक र फाइनान्समा सरे, कृषि र उद्योगमा जाने कर्जा बढ्यो

काठमाडौं । व्याज दरको असर बाणिज्य बैंकहरुको निक्षेपमा परेको छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाउन थालेपछि त्यहाँको निक्षेप विकास बैंक र फाइनान्स कम्पनीमा सरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, वाणिज्य बैंकको निक्षेप एक महिनामा जम्मा ०.२ प्रतिशतले वढेको छ । तर विकास बैंक र फाइनान्सको निक्षेप वृद्धि दर भने १.१ प्रतिशत छ । ब्याज दर महँगो भएका बेला वाणिज्य बैंकको निक्षेप वढ्ने गरेको थियो । फाइनान्स कम्पनीहरुको त घट्दै गएको थियो
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ अर्ब ९८ करोड रुपैयाँले वढेको छ । ऋण लगानीको वृद्धि दरमा पनि वाणिज्य बैंकलाई विकास बैंकले जितेको छ । साउनमा वाणिज्य बैंकहरुले ऋण लगानी जम्मा ०.१ प्रतिशतले वढाएका छन् । तर विकास बैंकको यस्तो वृद्धि १.४ प्रतिशतको छ । फाइनान्स कम्पनीहरुले भने ऋण लगानी ०.१ प्रतिशतले घटाएका छन् ।
साउन बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ अर्ब ६७ करोड रुपैयाँले वढेको छ । साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फ दुई अर्ब २४ करोडले कर्जा वढेको छ । अघिल्लो वर्ष यो कर्जा  ५० करोडले घटेको थियो । कृषि क्षेत्रतर्फको कर्जा २५ करोडले बढेको तुलनामा अहिले एक अर्ब ७९ करोडले बढेको छ । निर्माण क्षेत्रतर्फको कर्जा २४ करोडले बढेको छ । थोक तथा खुद्रा व्यापारतर्फको कर्जा एक अर्ब ५९ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६ करोडले घटेको छ ।

Tata
GBIME
Nepal Life


स्वदेशी कम्पनीको विदेश भ्रमण योजना, कहाँ कति मूल्यमा कसले घुमाउँछ ? :: BIZMANDU
BIZMANDU
www.bizmandu.com

स्वदेशी कम्पनीको विदेश भ्रमण योजना, कहाँ कति मूल्यमा कसले घुमाउँछ ?

२०६९ असोज १६

वसन्त खड्का/बिजमान्डू
काठमाडौं । दसैं तिहारमा स्वदेश तथा विदेश घुम्न जानेहरुलाई लक्षित गर्दै विभिन्न ट्राभल एजेन्सीले छुटसहित आर्कषक भ्रमण प्याकेज ल्याएका छन् । कम्पनीहरुले थाइल्याण्ड, मलेसिया, सिंगापुर दुबई तथा युरोप लगायतका देशमा भ्रमणका आर्कषक प्याकेज ल्याएका हुन् ।
पछिल्लो समयमा नेपालीहरु विदेश भ्रमण गर्ने क्रम बढेपछि कम्पनीहरुले छुटसहितको आर्कषक योजना ल्याएका हुन् । दसैंतिहारमा लामो समयको सार्वजनिक विदा हुने भएकोले यो उपयुक्त समय मानिन्छ । पछिल्लो समयमा नेपालीहरुले आम्दानीको केही रकम घुमफिरमा खर्च गर्न थालेका छन् । नेपालीको यही चाहनालाई हेरेर केही कम्पनीले स्वदेश र विदेश घुम्नका लागि प्योकज तयार गरेका छन् ।
दशै तिहार घुमघाम प्याकेज अन्तर्गत इन्टाएर ट्राभल एण्ड टुरले मलेसिया र सिंगापुर भ्रमणको लागि ६ रात/सात दिनको  एक लाख पाँच हजार पाँच सय ८९ रुपैयाको प्याकेज ल्याएको छ । योजना अन्र्तगत तीन तारे होटलमा खाने बस्ने र खाजा सुविधा जोडिएको छ ।
इन्टाएर ट्राभलको अफर

Tata
GBIME
Nepal Life
प्याकेज कति दिन मुल्य सुविधा
मलेसिया ,सिंगापुर    छ रात सात दिन १०,५५८९ तीन तारे होटलमा खाजा खाना  र बस्ने सुविधा
थाइल्याण्ड   चार रात पाँच दिन ५४,९००  तीन तारे होटलमा बस्ने सुविधा
दुबई छ रात सात दिन ७९,१२३ ती तारे होटलमा बस्ने सुविधा
दुबई छ रात सात दिन ९१,०५२ तिन तारे होटलमा खाजा खाना  र बस्ने सुविधा

कम्पनीले दुबईको लागि  ६ रात/सात दिनको लागि तीन तारे होटलमा खाने वस्ने व्यवस्था सहितको ९१ हजार पचास रुपैयाको प्याकेज सुविधा छ । दुबईकै लागि ६ रात/सात दिनको तीन तारे होटलमा बस्ने व्यवस्था सहितको ७९ हजार एक सय २३ रुपैयाको अर्का प्याकेज ल्याएको छ । कम्पनीले थाइल्याण्डको लागि चार रात पाँच दिनको लागि ५४ हजार नौ सय रुपैयाँको प्याकेजको व्यवस्था गरेको छ ।  
एस ट्राभल्सले पनि दशै तिहार विदेश भ्रमण प्याकेज
एस ट्राभल्सको  दशै तिहार विदेश भ्रमण प्याकेज

प्याकेज कति दिन मूल्य थप सुविधा
थाइल्याण्ड चार रात पाँच दिन ५३,७०० पोखरा फ्रि
मलेसिया र सिंगापुर पाँच रात छ दिन ८८७००  चितवन फ्रि
थाइल्याण्ड, मलेसिया र सिंगापुर नौ रात दश दिन १२७,७०० पोखरा, चितवन फ्रि
दुबई तीन रात चार दिन ५९,७०० नगरकोट फ्रि
युरोपका चार देश सात रात आठ दिन २७७,७०० पोखरा, चितवन र लुम्विनी फ्रि

अन्तर्गत विदेशमा  भ्रमण गर्न जानेहरुलाई उपहार स्वरुप नेपालका प्रमुख पर्यटकीय स्थलमा निशुल्क घुम्न जाने व्यवस्था गरेको छ । थाइल्याण्ड घुम्न जानेका लागि चार रात पाँच दिनको ५३ हजार सात सय रुपैया लाग्छ भने दुइ रात तीन दिनको लागि एजेन्सीले निशुल्क रुपमा पोखरा भ्रमण गराउने जनाएको छ ।
एजेन्सीले मलेसिया र सिंगापुर लागि  पाँच रात/छ दिन को ८८ हजार सात सय रुपैयाँ लाग्ने एजेन्सीले जनाएको छ । यो प्याकेजमा दुई रात तीन दिनको चितवन भ्रमण निशुल्क पाइनेछ । थाइल्याण्ड ,मलेसिया र सिंगापुर एकै पल्ट भ्रमण गर्दा एक लाख २७ हजार सात सय रुपैयाँ खर्च लाग्ने छ भने चार रात पाँच दिन बरावरको पोखरा र चितवन भ्रमण निशुल्क गर्न सकिने छ ।
दुबईको लागि  तीन रात/चार दिनको ५९ हजार सात सयको प्याकेज रहेको छ जस अन्तर्गत एक रात/दुई दिनको नगरकोट भ्रमण निशुल्क पाइनेछ । युरोपका चार ओटा देशको भ्रमणका लागि ट्राभल्सले सात रात आठ दिनको लागि दुई लाख ७७ हजार सात सय रुपैयाको प्याकेज ल्याएको छ ।
युरोप भ्रमण गर्नेले उपहार स्वरुप पाँच रात/छ दिनको पोखरा ,चितवन र लुम्बिनी भ्रमण निशुल्क गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले दसैंतिहारमा विदेश घुम्न जानेहरुलाइ फ्री भिसा, तीन तारे होटलमा बस्ने व्यवस्था तथा विदेशका मुख्य मुख्य स्थानमा घुमाउने व्यवस्था गरेको जनाएको छ ।
अरिहन्तको अफर

प्याकेज  कति दिन मुल्य
कस्मिर छ रात सात दिन ७३,०००
मलेसिया ,सिंगापुर ,थाइल्याण्ड नौ रात दश दिन १२१,०००
श्रीलंका ,माल्दिभ्स आठ रात नौ दिन १५१,०००
मलेसिया ,वाली ,सिंगापुर  नौ रात दश दिन १६७,०००
मौरिसस् छ रात सात दिन १४५,०००

यस्तै अरिहन्त होलिडेजले भारतको सिमलाको लागि ६ रात सात दिनको ७३ हजारको भ्रमण प्याकेज ल्याएको छ । मलेसिया , सिंगापुर र थाइल्याण्डको लागि नौ रात÷दश दिनको एक लाख २१ हजार रुपैयाको प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत ६ रात/सात दिनसम्म  बैंकक वा कम्वोडियामा  पनि घुम्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले श्रीलंका र माल्दिभ्स लागि आठ रात/नौ दिनको एक लाख ५१ हजार तथा मलेसिया, वाली र सिंगापुरको लागि एक लाख ६७ हजार रुपैयाको भ्रमण प्याकेज ल्याएको छ ।