के गान्धी समलिङ्गी थिए ?, सम्भावित प्रमाण र चिठ्ठी भारतले सात करोडमा किन्यो

बिजमाण्डू
२०६९ असार ३० गते ००:०० | Jul 14, 2012
के गान्धी समलिङ्गी थिए ?, सम्भावित प्रमाण र चिठ्ठी भारतले सात करोडमा किन्यो


न्युयोर्क । शान्तिवादि नेता माहात्मा मान्धिको छवि जोगाउन कै लागि भारतीय सरकारले १.२८ मिलियन अमेरिकी डलर (७ करोड भारु) खर्च गरेर गान्धीका पत्र लगायत महत्वपूर्ण सामाग्रि खरिद गरेको हुनसक्ने दावी एक अमेरिकी अनलाईले गरेको छ ।
अमेरिकी अनलाईन पत्रिका हफिङ्टन पोष्टका अनुसार गान्धी समलिङ्गी भएको कुरा पुट्लिजर पुरस्कार विजेता लेखक जोसेफ लेलिभेल्डलेको गत वर्ष प्रकाशित पुस्तकमा उल्लेख भएको सन्दर्भमा पुस्तकको तथ्यलाई पुष्टि गर्ने लिलाममा राखिएका गान्धीका सामाग्री भारतले किनेको थियो । भारतले किनेका ती सामाग्रीमा गान्धीका एक हजारभन्दा बढि पत्रसहित पुस्तकमा गान्धीको समलिङ्गि सम्बन्ध भएको भनिएका आर्किटेक्ट हर्मन कल्लेनवाचवीच आदान प्रदान भएका कागजात समेत थिए ।
विविसका अनुसार भारतको राष्ट्रिय सङग्राहलयमा राखिने ती सग्रहमा गान्धीले कल्लेनवाचलाई पठाएका उपहारहरु समेत समावेश छन् । जसमा एउटा सुतिको सल, चर्खा र झण्डा समावेस छ । गान्धी र कल्लेनवाचवीच आदान प्रदान भएका उपहार तथा पत्र एवं कागजातको अध्ययनबाट गान्धी र कल्लेनवाचको सम्बन्धको बारेमा धेरै खुलासा हुनसक्ने अखवारको भनाई छ ।
गतवर्ष द वाल स्ट्रिट जर्नलले लेलिभेल्डलेको पुस्तक ‘ग्रेट सोल ः माहात्मा गान्धी एण्ड हिज स्ट्रगल’ समिक्षा गर्दै समलिङ्गी सम्बन्धको प्रसङ्ग उठाएको थियो । त्यसपछि लेलिभेल्डले आफुले गान्धीलाई समलिङ्गी भन्न नखोजेको दावी गरेका थिए । गान्धीको विरुद्ध भ्रम फैलाएको भन्दै गान्धीको जन्मस्थान रहेको राज्य गुजरातले गत वर्ष नै यो पुस्तक प्रतिवन्ध गरेको थियो ।
भारतीय संस्कृती मन्त्रालयका विशेषज्ञहरुको एक टोलिले लिलाममा राखिएका वस्तुहको विष्लेषणपछि गरेको सिफारीका आधारमा भारत सरकारले उच्च रकम खर्च गरेर सो सङग्रह खरिद गरेको हो ।

Tata
GBIME