इत्तिहात कार्गोका पाँच सेल्स एजेण्टलाई सम्मान, नेपालको व्यापारमा पुर्याएको योगदानको प्रशंसा

बिजमाण्डू
२०६९ पुष १८ गते ००:०० | Jan 2, 2013
इत्तिहात कार्गोका पाँच सेल्स एजेण्टलाई सम्मान, नेपालको व्यापारमा पुर्याएको योगदानको प्रशंसा

काठमाडौं । संयुक्त अरव इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इत्तिहाद एयरलाईन्सको भंगिनी संस्था इत्तिहाद कार्गोले नेपालमा रहेका आफ्ना एजेन्टलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले आइतवार होटल अन्नपुर्णमा विषेश कार्यक्रमको  आयोजना लेजेन्ड कार्गो, पब्लिक फ्रेट, राइजिङ स्टार कार्गो, वल्र्ड फ्रेट ईन्टरनेशनल युनिक फ्रेट ईन्टरनेशनललाई पुरस्कार प्रदान गरेको हो । इत्तिहाद एयरलाईसका प्रतिनिधि इभा कोमेन्दर नेमकोभाले सन् २०१२ का उत्कृष्ट पॉच सेल्स एजेन्टलाई पुरस्कार दिएका हुन् ।

कार्यक्रममा इत्तिहाद कार्गोका लागि नेपाल जिएसए. नेपाल सिपिङ्ग एण्ड एअर लजिष्टिक प्रा. लि.का प्रवन्ध निर्देशक जगतवहादुर खड्काले इत्तिहाद कार्गोले नेपालको आयात÷निर्यात ब्यापार सहजिकरणमा पु्याएको योगदानका लागि सेल्स एजेन्टलाई धन्यवाद दिएका थिए ।
इत्तिहाद एयरलाईन्सले संयुक्त अरव इमिरेट्सको अबुदावीलाई प्रमुख केन्द्र वनाइ यात्रु तथा कार्गो ओसारपोसार ब्यवसाय संचालन गर्दै आएको छ । इत्तिहाद एयरलाईन्सको आफ्नैै ६६ यात्रुवाहक जहाजवाट विश्वका ८४ स्थानमा प्रति हप्ता एक हजारभन्दा वढि उडान संञ्चालन गर्दै आएको छ ।
इत्तिहाद एयरलाईन्सले आफ्नै एक वोईङ ७७७ एफ, दुई एमडी ११ एफ एयरकाफ्ट, दुई एयरवस ए ३३०–२०० एफ  तथा दुई एयरवस ए ३००–६०० एफ मार्फत कार्गो सेवा प्रदान गर्दै आएको छ । इत्तिहादले युरोपको एयरवर्लिन एयरलाईन्समा ३०% र एयर सिचिलिसमा ४०% आफ्नो लगानी पनि विस्तार गरेको छ ।

Tata
GBIME
Nepal Life