नेपाल बैंकको आजदेखि स्टकमा सेयर कारोवार खुला, पहिलो दिन कारोवारी नै परेनन् फेला

बिजमाण्डू
२०६९ मंसिर २४ गते ००:०० | Dec 9, 2012
नेपाल बैंकको आजदेखि स्टकमा सेयर कारोवार खुला, पहिलो दिन कारोवारी नै परेनन् फेला

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्जमा आजबाट कारोबार भएको छ तर कारोवारको पहिलो दिन बैंकको सेयर खरिद विक्रेता फेला परेनन्। बैंकले अघिल्लो आइतबार स्टकमा सेयर सुचीकरण गराएको थियो । बैंककको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकरण भएको छ । पुँजी वृद्धि गर्न सरकारले आर्थिक सहयोग उपलब्ध गराएपछि बैंकले हकप्रद सेयर निस्कासनका लागि सेयर सुचीकरण गराएको हो । बैंकले माघ महिलो साता हकप्रद निस्कासन गर्ने तयारी गरिरहेको छ ।

नागरिक लगानी कोषलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गर्ने सम्झैाता पत्रमा हस्ताक्षर गर्दै

Tata
GBIME
Nepal Life

बैंकको सेयर २०६० फागुन १९ गतेदेखि सुचीकरण खारेज भएको थियो । प्राविधिक रुपमा बैंक टाट उल्टिएपछि सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कारण बैंकको सेयर सुचीकरण खारेज भएको थियो । बैंकले गत असोज २५ गते स्टकमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो । त्यही दिन ओटिसी कारोवारबाट सरकारी स्वामित्वमा भएको पाँच प्रतिशत सेयर नेपाल बैंकका कर्मचारीलाई वितरण गरिएको थियो ।
बैंकले पुँजी वृद्धि गर्न प्रति एक वराबर ९।५ प्रतिशतका दरले कहप्रद सेयर निस्कासन गर्न लागेको छ । यसका लागि बैंकले नागरिक लगानी कोषलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९।९४ प्रतिशत सेयर हिस्सा छ । खारेजी पछिको पहिलो कारोवार कति मूल्यमा हुन्छ भन्ने लगानीकर्ताको आइतवार विशेष चासो छ ।