सुन तोलामै छ सय रुपैयाँ घट्यो, चाँदीमा पनि चमक रहेन, डलर पनि सस्तीयो

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
सुन तोलामै छ सय रुपैयाँ घट्यो, चाँदीमा पनि चमक रहेन, डलर पनि सस्तीयो


काठमाडौं । मंगलवारको तुलनामा बुधवार सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेपछि ५६ हजारको सीमाभन्दा तल झरेको छ । बुधवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोला ५५ हजार आठ सय रुपैयाँ तोकेको छ भने तेजावी सुन ५५ हजार ५५० रुपैयाँ तोकेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घट्नु अनि नेपाली मुद्रा डलरको तुलनामा एक रुपैयाँले अधिमूल्यन हुनुले सुनको मूल्य घटेको हो । बुधवार सुन मात्र होइन चाँदीको चकम पनि उड्यो । मंगलवारको तुलनामा चाँदी बुधवार प्रतिकिलोमा साढे चार हजार रुपैयाँले कमि आयो ।
मंगलवार प्रतिकिलो चाँदी आठ लाख ६६ हजार रुपैयाँ भएकोमा बुधवार आठ लाख ६१ हजार पाँच सय रुपैयाँमा आइपुगेको छ । सोमवारको तुलनामा मंगलवार सुन र चाँदीको मूल्यमा कुनै अन्तर आएको थिएन । लामो समयदेखि सुनको मूल्य ५६ हजार रुपैयाँभन्दा माथि थियो । बुधवार सुन मात्र होइन डलरको भाउ पनि सामान्य घटेको छ । बुधवारका लागि बाणिज्य बैंकहरुले ८८ रुपैयाँ ८५ पैसा तोकेका छन् ।

Tata
GBIME