विश्वका धनी वारेन बफेटको अफिस जहाँ कम्प्युटर समेत छैन्, त्यसो भए के छ ? (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ मंसिर ४ गते ००:०० | Nov 19, 2012
विश्वका धनी वारेन बफेटको अफिस जहाँ कम्प्युटर समेत छैन्, त्यसो भए के छ ? (तस्वीर समाचार)

वारेन बफेट लगानीको क्षेत्रमा निक्कै प्रसिद्ध नाम हो । ८२ वर्षिय बफेट विश्वका सर्वाधिक धनीमध्ये एक हुन् । अमेरिकाको नेब्रास्का राज्यमा पर्ने ओमाहामा बस्ने बफेटलाई उनको सम्पती भन्दा पनि लगानी सिद्धान्तका कारण विश्वभर चिनिन्छ । उनले अपनाएको भ्यालु इन्भेष्टिङ सिद्धान्तले नै उनलाई विश्वका धनीको सूचीमा पारेको हो । कुनै पनि कम्पनीमा लगानीकर्ता अल्पकालीन नाफा घाटालाई नहेरी दिर्घकालीन नाफा घाटामा ध्यान दिनुपर्छ भन्ने नै उनको सिद्धान्त हो ।
बिभिन्न कम्पनीमा लगानी गरेका भए पनि बफेटको मुख्य कम्पनी भने बर्कसायर ह्याथवे हो । विमा व्यवसायमा आवद्ध यो कम्पनीको मुख्य सेयरधनी रहेका बफेट यसका सिईओ समेत हुन् । ओमाहाका साधु भनेर समेत चिनिएका बफेटले बर्कसायरमा ५० वर्ष विताईसकेका छन् । आफ्नो सम्पतीको ९९ प्रतिसतसम्म दान दिने घोषणा गरिसकेका यी साधुको कार्यालय चाँहि कस्तो होला ? हालै मात्र विजनेस इन्साईडरलाई बुफेट आफैंले आफ्नो बर्कसायर ह्याथवेको कार्यालय घुमाएका छन् ।
स्वागत छ तपाँईहरुलाई बर्कसायर ह्याथवेमा । म चाँहि वारेन एडवार्ड बफेट । म लगानी व्यवसायमा आवद्ध भए पनि खेल प्रति मेरो विशेष रुची छ । त्यसमा पनि अमेरिकन फुटबलमा अझै धेरै । मेरो अफिसमा मलाई मनपर्ने खेलकुदसँग जोडिएका धेरै सामाग्री छन् ।

Tata
GBIME
Nepal Life


यी चाँही मलाई मनपर्ने खेलसँग जोडिएका सामाग्रीहरु ।


यो चाँहि लिंकन फुटबल क्लबको हेलमेट । यस हेलमेटमा क्लबका पूर्वकोच टम ओस्वर्नको हस्ताक्षर पनि छ । सँगै मेरो सानो रुप पनि ।


मेरो कार्यकक्षमा प्रवेश गर्ने ढोका । ढोकामाथि लेखिएको भनाई मेरो होईन बरु मलाई मनपर्ने क्लब नोट्रेडेमको लकर रुममा लेखिएको प्ले लाईक अ च्याम्पीयनको मेरो भर्सन हो ।

 
यो तस्वीरचाँही रेड सक्सका पूर्व खेलाडी टेड विलियम्सको हो । उनको पुस्तक द साइन्स अफ हिटिङ्गका सूत्रहरु मैले धेरै प्रयोग गरेको छु ।

टाईगर उड्स र म । इयोवामा गल्फ खेल्दाको तस्वीर । उड्सले मलाई कहिल्यै पनि काम लाग्ने टिप्स दिएनन् ।


यो चाँहि मेरो बस्ने ठाउँ । मेरो टेबलमा कम्प्युटर, ल्यापटप वा ट्याब्लेट केहि छैन । मैले प्रयोग गर्ने प्रविधि यन्त्र भनेको टेलिफोन मात्रै हो ।

विश्वसम्बन्धी जानकारी प्राप्त गर्न मेरो लागी वर्ल्ड बुक इन्साईक्लोपेडिया नै काफि छ ।
 

यो प्रमाणपत्र डेल कार्नेगी स्कुलको हो । सार्वजनिक रुपमा बोल्न डरलाग्ने भएकाले आफ्नो कन्फीडेन्स बढाउनका लागी मैले २१ वर्षको उमेरमा मासमा बोल्ने कलासम्बन्धी प्रशिक्षण लिएको थिएँ । एक सय डलर तिरेर लिएको प्रशिक्षणले मलाई यो अवस्थामा ल्याइ पुर्याउन ठूलो भूमिका खेलेको छ । अझै महत्वपूर्ण कुरा के भने यही प्रशिक्षण पछि मात्रै मैले मेरी श्रीमतिलाई प्रपोज गरेको थिएँ र उनले त्यसलाइ स्वीकार गरिन पनि ।


यो चाँहि मेरो बाबा एडवार्ड बफेटको तस्वीर । उहाँ मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ।


ल  अहिलेको भेट यत्ति नै । फेरी भेटौंला ।