सिभिल होम्सको स्याटेलाईट टाउनको बिक्री सुरु, विक्री शुभारम्भमा विशेष अफर

बिजमाण्डू
२०६९ असार २६ गते ००:०० | Jul 10, 2012
सिभिल होम्सको स्याटेलाईट टाउनको बिक्री सुरु, विक्री शुभारम्भमा विशेष अफर


काठमाडौं । सिभिल होम्सको ललितपुर सुनाकोठीको ‘स्याटेलाईट टाउन’ भित्रका घरको सोमबारबाट बिक्री सुरु भएको छ । होम्सले एम, के र पी मोडेलका बाँकी घर र सिभिल कोलोनी –१ रो हाउजिङका घर बिक्री सुरु गरेको हो ।  सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले दुबै घरको सोमबार बिक्री शुभारम्भ गरे । सातदोवाटो चोकबाट करिब पाँच मिनेटको ड्राइभमा सुनाकोठीस्थित हाउजिङमा पुग्न सकिन्छ । कम्पनीका अनुसार स्याटेलाइट टाउनमा निर्माणको ९० प्रतिशत काम सकिएको छ ।
कोलोनी आईको ८० प्रतिशतभन्दा बढी निर्माणका काम भइसकेको कम्पनीले जनाएको छ । यो कोलोनीको ७० प्रतिशतभन्दा बढी घरहरु बिक्री भइसकेको कम्पनीको दावी छ । अध्यक्ष तामाङले उपत्यका भित्रका मध्यम तथा उच्च मध्यमवर्गलाई लक्षित गरेर घर बनाइएको जानकारी दिए । साढे दुई आनादेखि ५ आना सम्मका ६९ वटा दुई तल्ले घरहरु निर्माण भईरहेको उनले जानकारी दिए ।  तामाङले फाईनान्स सुविधाको व्यवस्था र बिक्री शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुट पनि प्रदान गरिने जानकारी दिए । कोलोनीभित्र ग्राहकले हेल्थ क्लव, डिर्पाटमेन्टल स्टोर, स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, चिल्ड्रेन पार्क लगायतका सुविधा छ ।

Tata
GBIME