राष्ट्रिय वाणिज्य बैंक आक्रमक सेवा विस्तार गर्ने मुडमा, यसै वर्ष ३० एटिएम जडान गर्ने

बिजमाण्डू
२०६९ कात्तिक २० गते ००:०० | Nov 5, 2012
राष्ट्रिय वाणिज्य बैंक आक्रमक सेवा विस्तार गर्ने मुडमा, यसै वर्ष ३० एटिएम जडान गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै चोटी ३० ठाउँमा एटिएम जडान गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै एटिएम जडान गर्ने छ । सबैभन्दा वढी शाखा सञ्जाल भएको बैंकले नयाँ एटिएम राजधानीका विभिन्न भागमा र मोफसलका शहरी क्षेत्रमा राख्ने छ ।
बैंकले एटिएम जडान गर्ने भएपछि खरिदका लागि वोलपत्र आह्वान नै गरिसकेको छ । ठूलो पुँजी र कर्मचारी भएको बैंकले नयाँ आएका बैंक सरह आधुनिक सेवा दिन नसकिरहेका बेला बैंकले प्रतिस्पर्धि क्षमता वढाउन एटिएम थप्न लागेको हो ।
बैंकले अहिले डेबिट कार्ड, अन्तर बैंक शाखा कारोबार (एबिबिएस), एसएमएस बैंकिङ, अनलाइन रेमिट्यान्स, इबैंकिङ, मोवाइल पे र शाखा रहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । यसमध्ये मोवाइल पे र शाखा रहित बैंकिङ नयाँ सेवा हुन् ।

Tata
GBIME
Nepal Life