२५ लाख बेरोजगार भएको देशमा, सोमवारदेखि राष्ट्रिय रोजगार सम्मेलन

बिजमाण्डू
२०६९ असार २४ गते ००:०० | Jul 8, 2012
२५ लाख बेरोजगार भएको देशमा, सोमवारदेखि राष्ट्रिय रोजगार सम्मेलन

काठमाडौं । नेपाल भित्रै रोजगारी सिर्जनाका लागि प्रयास थाल्न सरकारले सोमवारबाट तीन दिनसम्म राष्ट्रिय रोजगार सम्मेलन गर्दैछ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, रोजगार विभागको संयोजन र अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)को प्राविधिक तथा वित्तीय सहयोगमा सम्मेलनको आयोजना गर्न लागिएको हो ।
सम्मेलनमा रोजगारी सिर्जनाका सम्भावना, रोजगारदाता र श्रमिकवीचको सम्वन्ध सुधार लगायतका विषयमा छलफल हुने श्रम विभागका अधिकारीले जानकारी दिए । छलफलका क्रममा कसरी दिगो आर्थिक विकास प्राप्त गर्ने र त्यसले रोजगारीमा कसरी टेवा पु¥याउने भन्ने विषयमा पनि छलफल हुनेछ । छलफलमा प्रधानमन्त्री कार्यालय, श्रम, अर्थ, उद्योग मन्त्रालयका अधिकारीहरु, रोजगारदाता, श्रमिक, लगानी बोर्डका प्रतिनिधी, उद्योगी र व्यापारीको सहभागीता हुनेछ । होटल एभरेष्टमा सञ्चालन हुने सम्मेलन बुधवार मात्र सकिने बताइएको छ ।
नेपालको श्रम बजारमा रोजगारी सिर्जना हुन नसक्दा अहिले झण्डै ५० लाखभन्दा बढीको नेपाली जनशक्ति अहिले रोजगारीका लागि नेपाल बाहिर छ । सरकारको एउटा अनुमान अनुसार नेपालमा २५ लाख मान्छे या त वेरोजगार छ या त पूर्ण रोजगार छैन ।
नेपालको श्रम बजारमा हरेक वर्ष चार लाख नेपालीले प्रवेश गर्छन । तर राम्रो रोजगारीको अवसरमा उनीहरु मलेसिया, खाडी लगायतका मुलुकमा जान बाध्य हुन्छन् ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याक अनुसार गत साउनदेखि जेठ मसान्तको ११ महिनामा चार लाख आठ हजार पुरुष र १२ हजार महिला रोजगारीका लागि नेपालबाट बाहिरिएका छन् । औषतमा हरेक दिन १२ सय ५० नेपाली रोजगारीका लागि विदेश जान्छन् ।

Tata
GBIME
Nepal Life