पाटन र सेन्ट्रल मर्ज हुने, स्टकमा कारोवार रोकियो, सानिमाको ५.५ प्रतिशत नगद लाभांस

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012

काठमाडौं । पाटन फाइनान्स र सेन्ट्रल फाइनान्सको मर्ज  प्रक्रिया अघि बढेको छ । यी दुई फाइनान्सको मर्ज प्रक्रिया अघि बढेपछि नेपाल स्टकमा कारोवार पनि रोक्का भएको छ । १६ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको सेन्ट्रल फाइनान्स ११ करोड चुक्ता पुँजी भएको पाटन फाइनान्ससँग मर्ज हुन लागेको हो ।
यी दुई फाइनान्सले मर्ज प्रक्रिया अघि बढाउन राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन् । मर्ज हुनु अघि पाटन फाइनान्सको प्रतिसेयर १२४ रुपैयाँमा कारोवार भैरहेको थियो भने सेन्ट्रल फाइनान्सको २१० रुपैयाँ प्रतिकित्ता कारोवार भैरहेको छ ।
सानिमाको साढे पाँच प्रतिशत लाभांस
सानिमा बैंकले लगानीकर्तालाई साढे पाँच प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकले अघिल्लो वर्ष लगानीकर्तालाई साढे छ प्रतिशत लाभांस वितरण गरेको थियो । अघिल्लो वर्ष सानिमा विकास बैंकबाट बाणिज्य बैंकमा उक्लिएको थियो ।
बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांसको प्रस्ताव गरेको हो । बैंकले अघिल्लो वर्ष १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यसअघिल्लो वर्ष बैंकको मुनाफा १५ करोड ५२ लाख रुपैयाँ थियो । मुनाफा घटेपछि बैंकले नगद लाभांस पनि घटाएको हो ।

Tata
GBIME
Nepal Life