छोरीलाइ विहे गरे छ अर्ब पुरस्कार तर…

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012
हङकङ । हङकङका अर्बपती सेसिल चाओ, जसले आफूलाई १० हजार महिलासँग सम्वन्ध बनाएको दावी गर्छन् र आफूलाई प्लेव्याय भन्न रुचाउँछन्, उनले लेस्बियन छोरी पट्टयाउने केटालाई चार करोड पाउण्ड (नेपाली रुपैयाँ पाँच अर्ब ६० करोड) उपहार दिने घोषणा गरेका छन् ।

Tata
GBIME

७६ वर्षका घरजग्गा व्यापारि र सिपिङ कम्पनीका मालिक चाओले छोरीलाई विवाह गर्ने केटालाई उसको आफ्नै व्यापार सुरु गर्न थप रकम दिने घोषणा समेत गरेका छन् ।

चाओ यो घोषणा छोरी गिगिले फ्रान्समा लेस्बियन विवाह गरेको घोषणा गरेपछि आएको हो ।


छोरी गिगि चाओ (दायाँ)ले विवाह गरेको भनिएकी सिन इभा बायाँ

उनले ‘गे’ सम्वन्ध नभएको केटालाई आफ्नी छोरी पट्टयाउन प्रोत्साहित गरेका छन् । ३३ वर्षे छोरी गिगि युनिभर्सिटी अफ म्यानचेस्टरबाट ग्रयाजुएट गरेकी हुन् । बाबु चाओले छोरीको विवाह पारम्परिक ढंगले भब्यसाथ गर्ने घोषणा पनि गरेका छन् ।

उनले छोरीको लेस्वियिन विवाहलाई अस्वीकार गर्दै भनेका छन्, यो विषयमा प्रकासित समाचार झुटो हो, मेरी छोरी अझै पनि एक्लै छन् । मेरो छोरी पट्टयाउने केटा धनी होस् वा गरिव मलाई मतलव छैन्, तर उ दयालु र बुद्धिमानी हुन भने जरुरी छ ।

गिगि धेरै राम्री युवती हुन्, उनी सुन्दर र तिक्ष्ण पनि छन्, उनी आफ्ना अभिभावकलाई सम्मान पनि गर्छिन्, स्वयंसेवा गर्न रुचाउँछिन् पनि उनले साउथ चाइना मर्निङ पोष्टलाई बताए । हङकङमा समलिंगि विवाहलाई अनुमति छैन ।

खबर अनुसार चाओ र छोरी गिगिवीच गत साता झगडा भएको थियो, त्यस लगत्तै उनले बेइजिङको एउटा कार्यक्रममा आफूले प्रेमिका सिन इभासँग पाँच महिना अघि विवाह गरेको घोषणा गरेकी थिइन ।

सामाजिक घेरा र सेलिब्रेटी म्यागजिनमा छाइरहने चाओले अहिलेसम्म औपचारिक विवाह भने गरेका छैनन्, तर उनका तीन महिलबाट तीन छोरी छन् । उनले छोरीका लागि दाइजो समेत दिने घोषणा गरेका छन् । उनले सम्भावित ज्वाईंलाई नयाँ व्यापार सुरु गर्न लाग्ने पुँजी दिने बताएका हुन् ।

छोरी गिगिले बाबुको योजनालाई मनोरञ्जक बताइन्, उनले भनिन म यो कुरालाई बढी सोंचमा राख्दिन, जबसम्म भने जस्तो हुँदैन । गिगिले सन् १९९९मा आर्किटेक्चरमा डिग्रि गरेकी हुन, उनले दुई वर्षसम्म बेलायती आर्किटेक्ट सर टेरी फेरेलसँग काम पनि गरेकी थिइन् ।