व्यवसायिक विकासमा ट्रेड युनियन चिन्ताको विषय, वित्तीय संस्था उत्तरदायी

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012

काठमाडौं । नेपालको व्यवसायिक विकासका लागि ट्रेड युनियनले गर्ने राजनीति पाँच मुख्य चिन्ता र चासोमध्ये एक हो । नेपाल विजनेश इनिसियटिभ (एनबिआई)ले दक्षिणएसिया उद्यमशीलता विकास सहुलियत (एसइडीएफ)सँग मिलेर गरेको राष्ट्रव्यापी सरोकारवालाको सर्वेक्षणमा यस्तो नजिता आएको हो ।
बुधवार राजधानीमा सार्वजनिक सर्वेक्षणमा नेपालका व्यावसायिक सुधार भए त्यसले लाभ गर्ने ८१ प्रतिशत व्यवसायी र  ७३ प्रतशित मजदुरको धारणा छ । सरोकारवालाहरुले कृषि, शिक्षा, भ्रष्टाचार निमूल र राजनीतिक सुधारलाई प्राथमिकतामा राखेका छन् ।
अधिकांश सरोकारवालाले नेपालमा स्थानीय र राष्ट्रिय विकासमा निजी क्षेत्रले सकारात्मक रूपमा योगदान दिने विश्वास गरेका छन् भने अधिकांश व्यावसायिक सरोकारवाला तथा विचारकले गत वर्ष सरकारले आर्थिक÷वित्तीय संकट सम्हालेको कुराप्रति सहमति जनाएका छन् ।
एनबीआई व्यवसाय सुधार प्रक्रिया तथा निजी क्षेत्रबारेको धारणाका विषयमा श्रमिक, विचारक तथा व्यावसायिक क्षेत्रका साझेदारहरूको अवधारणा सर्वेक्षण गरिएको थियो ।
 यस प्रकारको ‘धड्कन परीक्षण (पल्स चेक)’ले लगानीको वातावरण सुधार, व्यावसायिक दिगोपन र निजी क्षेत्रको विकासमा सुधारका लागि सरकारी नीति तथा सुधारका उपायहरूको प्रभाव बुझ्नलाई सहयोग गर्ने एनबीआईले जारी विज्ञप्तिमा छ ।
आईएफसी एसइडीएफको नेपाल लगानी वातावरण सुधार कार्यक्रमका लागि आईएफसीको वरिष्ठ निजी क्षेत्र विकास विज्ञ लाउरा वाट्सनले आफ्नो प्रस्तुतिमा व्यवसाय र श्रमले समान धरालत बाँडिरहेको र सर्वेक्षणले उनीहरूले नेपाल र यहाँको अर्थतन्त्रले भोग्नु परिरहेका धेरै महत्वपूर्ण मुद्दाहरूमा अधिकांश सहमति जनाउने गरेको बताए । उनले राजनीतिक अस्थिरता, परादर्शिताका साथसाथै विद्युतको अभाव, शिक्षा तथा आर्थिक अवसरहरूजस्ता प्रमुख मुद्दाहरूलाई मिलेर समाधान गर्नका लागि यो समूहलाई सुझाव दिए ।
एनबिआईका अध्यक्ष पद्म ज्योतिले व्यावसायिक क्षेत्रले वस्तुको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, निष्ठाजस्ता केही मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए । उनले आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा अत्यन्तै सकारात्मक रहेको तथा अधिकांश सरोकारवाला नेपालको विकासमा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाका बारेमा जानकार रहेको बताए ।
वित्तीय क्षेत्र उत्तरदायी
नेपालका बैंक तथा वित्तीय क्षेत्र सबैभन्दा बढी उत्तरदायी भएको निष्कर्श एनबीआईको सर्वेक्षणले देखाएको छ । एनबीआईले गरेको सर्वेक्षणमा ८८ प्रतिशतले बैंक, वित्तीय संस्था र इन्सुरेन्स सबैभन्दा बढी उत्तरदायी भएर व्यवसाय सञ्चालन गरेको बताएका थिए । त्यसपछि दूरसञ्चार क्षेत्र, मिडिया कम्पनी, स्वास्थ्यसम्वन्धी उद्योग, औषधी उद्योग, खाद्य तथा कृषि उत्पादन, सहकारी, पर्यटन र खुद्रा व्यापार परेका छन् । सबैभन्दा कम उर्जा क्षेत्र उत्तरदायी नभइ सञ्चालन गरेको धारणा सर्वेक्षणमा पाइएको छ ।

Tata
GBIME
Nepal Life