काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले राजधानीको न्युरोडमा शाखा खोलेको छ । फाइनान्सको यो ११ औं शाखा हो । शाखाको उद्घाटन आमाघरकी दिलशोभा श्रेष्ठले गरिन् । कम्पनीका ८ वटा एटिएम छन् । फाइनान्सले गत वर्ष ३ अर्ब ३८ करोड निक्षेप संकलन र २ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको थियो ।
