काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आंशिक या पूर्ण जुन बजेट ल्याए पनि त्यो राष्ट्रिय सहमतिमा ल्याउन आग्रह गरेका छन् । शुक्रवार उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई भेटी डा. यादवले यस्तो आग्रह गरेका हुन् ।
सरकारले पूर्ण बजेटको तयारी गरिरहेको बेला काँग्रेस एमाले सहितका दलले बजेट अध्यादेश जारी नगर्न दवाव बनाएपछि राष्ट्रपति अफठ्यारोमा परेका छन् । उनले गच्छदारसँ सहमतिमा बजेट नआए आफूले जारी नगर्ने संकेत गरेका थिए । राष्ट्रपतिको यो प्रयासले सरकारलाई सहमतिमा बजेट जारी गर्न दवाव बढेको छ ।
