नेपाल इन्स्योरेन्स ६६ वर्षमा प्रवेश, यो वर्ष दाङ र जनकपुरमा शाखा

बिजमाण्डू
२०६९ असोज ८ गते ००:०० | Sep 24, 2012

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी सञ्चालनको ६६ वर्षमा प्रवेश गरेको छ । २००४ सालमा स्थापना भएको कम्पनीले अग्नी, मोटर, इन्जिनियरिङ, सामुन्द्रिक, हवाइ, ट्रेकिङ, ओभरसिजलगायतका गैरजीवन बिमा सेवाहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीका १५ वटा शाखा कार्यालयहरु छन् । कम्पनीले दाङ र जनकपुरमा यसै वर्ष शाखा खोल्ने तयारी गरिरहेको छ । आगामी वर्ष कम्पनीले महेन्द्रनगरमा शाखा खोल्ने छ ।
कम्पनीले गत आर्थिक वर्ष ६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले ५३ करोड ९० लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको थियो । कम्पनीको कुल दावी २१ करोड रुपैयाँ छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा जस्तै गत वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांस दिने भएको छ । गत वर्ष कम्पनीले ७ प्रतिशत लाभांस दिएको थियो । 

Tata
GBIME