
प्रविधी र बैकिङ्गलाई जोडेर जो निरन्तर ‘इनोभेसन’ छ, त्यो हो, एफवान सफ्ट । एफवान सफ्टको यो ‘इनोभेसन’लाई रेडहेरिङले यस पटक सूचीकृत मात्र गरेन सम्मान पनि गर्यो । रेडहेरिङ त्यो संस्था हो, जसले फेसवुक, ट्वीटरलाई सुरुवाती दिनमा भविष्यको सम्भावनायुक्त कम्पनीका रुपमा सूचिकृत गरेको थियो । एशियाका उत्कृष्ट १०० कम्पनीमा सूचीकृत एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले कम्पनीको भविष्य र सम्भावनालाई विजमाण्डूसँग यसरी व्याख्या गरे ।
तपाइहरुले के त्यस्तो गर्नुभयो जसले तपाईंको कम्पनी एफ वान सफ्ट रेड हेरिङको सुचिमा पार्यो ?
हामीले रेडहेरिङको सूचीमा पर्नका लागि काम गरेको होइन । तर हामीले लगातार इनोभेसनको काम गरिरहेका छौं, हामीले बैकिङलाई अझ सरल बनाउने, बैकिङ अझ धेरैको पहुँचमा पुर्याउने काम गरेका छौं । यो काम हामीले फरक शैलीले गर्यों, हामीले प्लेटफर्म तयार गयौं, हामीले इन्टरनेट बैकिङ, मोवाइल बैकिङ र रेमिट्यान्सलाई इन्ट्रिेगेट गर्ने काम गरेका थियो जसले हामीलाई रेडहेरिङको सूचीमा पुर्याएर पुरस्कार समेत पायो । यो हाम्रो लागि सबैभन्दा ठूलो सफलता हो ।
रेडहेरिङमा सूचीकृत हुनुको अर्थ हो, भविष्यमा सम्भावना भएको कम्पनी, तपाईंहरुको सम्भावना के हो ?
बैकिङमा सेवा प्रवाह गर्ने र लिने तरिका फरक फरक हुन्छन् जस्तो कसैले मोवाइल बैंक प्रयोग गर्छ, कसैले इन्टरेनट बैंकिङ प्रयोग गर्छ, कसैल रेमिट्यान्स सेवा लिन्छ । तर हामीले यी तीनवटै सेवालाई अहिले संयोजन गर्ने काम गर्यौ, यो ‘एडभान्स’ त होइन तर युनिक भने हो । हामीले मोवाइल कमर्सलाई कम्पिटेटिभ सिस्टममा ल्याएर आयौं । हाम्रो मोवाइल पेमेन्ट सर्भिसले हामीलाई रेडहेरिङको सूचीमा पारेको हो । यसलाई इनोभेसन भन्नुहोस् वा युनिक भन्नुहोस्, हाम्रो रिजनमा यो फरक प्रस्तुती हो । एफ–वान सफ्टले बनाएको इन्ट्रिगेटिड प्लेटफर्म छ, यसले इन्टरनेट, मोवाइल र रेमिट्यान्सका सेवालाई समेट्छ । यसको सम्भावना नेपालमा मात्र नभएर विश्वव्यापी छ । रेडहेरिङले पनि एफ–वान सफ्टले नेपालमा बजार बनाएको छ, नेपालमा सफल छ भनेर सूचीमा समावेश गर्ने होइन, यो कम्पनीले विश्वव्यापी रुपमा आफूलाई विकास गर्न सक्छ, यसको सम्भावना अन्तराष्ट्रिय बजारमा पनि छ भन्ने कन्फिडेन्समा हामीलाई रिकमेन्ड गरेको हो ।
तपाईहरुसँग त्यस्तो के युनिक छ, जसले तपाई अरु कम्पनीभन्दा फरक हुनुहुन्छ ?
हामीले हाम्रो कुल आम्दानीको ३० प्रतिशत खर्च अनुसन्धान र विकासमा लगाएका छौं । हामी यो उद्योगमा छिरेपछि निरन्तर इनोभेसनमा छौं । सफट्वेयर उद्योग दुई वर्षको साइकल हुन्छ, या त तपाईले त्यसलाई सुधार गर्नुपर्दछ, या त तपाईंको उत्पादन बेकम्मा हुन्छ । हामीले २००८ मा इन्टरनेट बैकिङ, २००९ मोवाइल, २०११ मा रेमिट्यान्स सेवा लञ्च गर्यो । यी तीनवीच कन्भिनेन्ट के त ? हाम्रोमा डिफरेन्स के त ? भनेपछि हामीले तीन वटैलाई एक ठाउँमा ल्यायौं । हामीले बैकिङलाई हयुमन एटिएममा ढाल्यौं । जहाँ, जस्तो परिस्थितिमा पनि बैकिङ सेवाको अवधारणा विकास गर्यौं ।
नेपालमा एउटा क्यास डिपोजिट मेसिन आउँदा त यति ठूलो हल्लाखल्ला हुन्छ भने मोवाइलबाट बैंकिङ कति सम्भाबनाको बजार हो ?
भारत, पाकिस्तान, बंगलादेशको तुलनामा हाम्रो बजार साहै न्यून हो । यी मुलुकको तुलनामा हाम्रो बजार भनेको एक÷दुई प्रतिशत मात्रै हो । इन्टरनेट प्रयोगकर्ता २० प्रतिशतको हाराहारीमा छन् । तर मोबाइल प्रयोग गर्ने जनसंख्या ५० प्रतिशत भन्दा बढी छ । अहिले हरेक कुरा मोबाइलबाट सम्भव छ । मोबाइलमा इमेल, इन्टरनेट, गेम, क्यालकुलेटर लगायतका सबै चलाउन सकिन्छ । यसले गर्दा सबैको चाहना मोबाइलमा सबै चिज आओस भन्ने पनि छ । मोबाइल जति ह्यान्डी अरु हुनै सक्दैन । मोबाइल प्रयोगकर्ताको हिसाबले यहाँ मोबाइल फाइनान्सिङको सम्भावना धेरै छ र हामीले ल्याएको सेवा सफल हुनेछ । तर त्यसका लागि अझै धेरै गर्न बाँकी छ । अझै पनि डिजिटल कारोबार दुई प्रतिशत भन्दा कम छ, ९८ प्रतिशत कारोबार नगदमै हुन्छ । यति ठूलो नगद कारोबारमध्ये केही प्रतिशत डिजिटल कारोबारमा ल्याउनेतर्फ हामी केन्द्रीत भइरहेका छौ ।
यो कति ठूलो बिजनेस हो ?
मोबाइल आम नेपालीको पहुँचमा भएकोले व्यापारको सम्भावना पनि राम्रो छ । चौविसै घन्टा आफुसँग हुने मोबाइलमा पैसाको कारोबार गर्न मिल्ने मोबाइल फाइनान्सिङको सम्भावना नहुने कुरै भएन । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत विकसित मुलुकको जस्तै सम्भावना यहाँ पनि छ । नगद कारोबार ९८ प्रतिशत भएकोले विकसित देशको तुलनामा धेरै ठूलो बजार छ । राजधानीमा रहेको किराना पसलले नगद कारोबार गर्छन् । ती सबै किराना पसललाई मोबाइलबाट कारोबार गर्न सकिन्छ भन्ने जानकारी मात्रै गराउन सके ठूलो बजार लिन सकिन्छ । अर्कोतिर रेमिट्यान्सले नेपाली अर्थतन्त्र धानिएको छ । रेमिट्यान्सको कारोबार मोबाइलबाट गर्न सकिएमा त्यसले ठूलो परिवर्तन ल्याउँछ । पछिल्लो समयमा रेमिट्यान्स कम्पनी पनि मोबाइल कारोबारमा आर्कषित हुन थालेका छन् । यही कारण हामीले वेस्टर्न युनियनसँग साझेदारी सुरु गरेका छौं ।
एटिएम कार्डमा मात्र विश्वास गर्ने नेपाली समाजलाई मोवाइल बैकिङमा डाइभर्ट गर्न कसरी सकिन्छ ?
हामी आजको भोली सफल हुन्छौं र पुरै परिवर्तन गर्न सक्छौं भन्नेमा छैनौं । यो विस्तारै विकास हुँदै जान्छ । मान्छेमा विस्तारै कन्फिडेन्ट विल्डअप हुँदै जान्छ । मोवाइलवाट मैले साच्चिकै केसम्म गर्न सक्छु भन्ने भावना विस्तारै अघि बढ्छ । यो प्रडक्ट सफल हुन हामीले कमसे कम २०१४–१५ सम्म कुर्नु पर्छ । २०१५ सम्ममा मोवाइल एक्सेस भएका ४० प्रतिशतलाई यो कारोवारमा जोड्न सक्छौं, भन्ने हाम्रो विश्वास छ ।
उपभोक्ताको ‘मोवाइल मनी’मा विश्वास कसरी बढ्छ ?
सुरु मै मोवाइलबाटै सबै कारोवार हुन्छ भन्ने होइन्, त्यसका लागि रेमिट्यान्सबाट हामीले यसको दायरा फराकिलो पार्दैछौं । हामी के भन्छौ भने तपाइसँग मोवाइल छ भने रेमिट गरेको पैसा मोवाइलमा लिनुहोस् । मोवाइलमा पठाएको पैसा पहिलोपटक उसले उत्ति नै खेर झिक्ला, दोस्रो पटक भोलिपल्ट झिक्ला, तेस्रोपटक तीन दिनमा झिक्ला, चौथो पटक मेरा पैसा त हो नी, कहाँ जान्छ भन्ने भावना विकास हुन्छ । त्यसबाट उसले आवश्यक रकम झिक्न थाल्छ, बचत हुन थालेपछि त्यसलाई खर्च गर्ने अप्सन हामीहरु दिन्छौं, सुरुमा मोवाइल रिचार्ज गर्ला, टेलिफोन, विजुली, खानेपानीको विल तिर्न थाल्ला, विस्तारै सामान पनि किन्न थाल्छ ।
रेमिट्यान्स सेवाका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
हामीले अहिले वस्टर्न युनियनसँग समझदारी गरिसकेका छौं, बीगसँग, क्युटेल कतारसँग, अल्फादान, स्पिड रेमिटसँग पाटर्नर गरेका छौं । फेरी समझदारी मात्रै गरेर पनि भएन, रेमिट गर्ने मान्छेलाई त्यसमा फाइदा पनि देखाउनुपर्यो नी । म्यानुअल रेमिट्यान्स गर्नका लागि उसले तीन सय रुपैयाँ तिर्छ भने मोवाइल रेमिट गर्दा आधा पैसा मात्रै लिनुपर्यो । सेवा प्रदायकलाई पनि मुनाफा दिनुपर्यो । अनि उसले उपभोक्तालाई भन्छ । विस्तारै मान्छेलाई डाइभर्ट गर्दै लैजाने र व्याक्ति व्याक्तिको मोवाइल वालेट बलियो बनाउँदै जाने हो ।
कस्टमरलाई छुट दिने, आधा नाफा सेवाप्रदायकलाई तपाईलाई के ?
हामीले अहिले नै नाफा घाटा हेरेका छैनौं, हामी दिर्घकालीन नाफा हेरिरहेका छौं, हामीले उपभोक्तालाई प्रविधीमा आर्कषित गरिरहेका छौं, आज हामीले जे कुरा लञ्च गरेका छौं त्यसले हामीलाई २०१४/१५ पछि मात्रै रिर्टन गर्न थाल्छ, यो अहिले सबै इन्भेष्टमेन्ट हो ।
हाम्रो मोवाइल लिट्रेसी कस्तो छ भने मोवाइल रिचार्ज गर्नुपर्यो भने त लौ न मेरो रिचार्ज गरि दे भन्ने अवस्था छ, मोवाइलमा क्यास ? युजर फ्रेण्डली कसरी हुन्छ ?
हामीलाई ठूलो च्यालेन्ज त्यही हो, मोवाइल लिट्रेसी बढाउनुपर्दछ । आजको दिनमा नेपालमा ५५ प्रतिशतले मोवाइल चलाउँछन् । डाटा नै निकाल्ने हो भने ५५ प्रतिशतको पाँच प्रतिशतले एसएमएस चलाउन सक्छन्, ५५ प्रतिशतमध्ये पाँच प्रतिशतले एसएमस गरेर व्यालेन्स इन्क्वायरी गर्न, फण्ड ट्रान्सफर गर्न सक्छन्, यो भनेको कुल जनसंख्यामा जम्मा दुई प्रतिशत हो । मोवाइलमा रातो र हरियो बटन थिच्ने बाहेक त्यहाँ अरु पनि अप्सन छ भन्ने सिकाउनु ठूलो चुनौती हो । त्यसैले हामीले म्यासेज पठाएर होइन एप्लिकेशन बेस सफ्टवेयर बनाएका छौं । चाहे त्यो अंग्रेजीमा होस् या नेपालीमा । फोन रिसिभ गर्ने र काट्नेलाई सहुलियत हुने गरी पिक्टोरियलबाट चिनाएर लिटरेट गरिरहेका छौं । अपसन छैन, कि पढेर जानुपर्यो, कि परेर जानुपर्यो ।
मोवाइल बैंकिङमा राष्ट्र बैंकले राम्रो नजरले हेर्दैन भन्ने धारणा छ नी त ?
पहिले हामीले प्रोडक्ट इम्लिपेन्ट गरेर विथआउट अप्रुभल सेवा सुरु गथ्र्यौं । अहिले कम्तिमा प्रोडक्ट लञ्च गर्नु पहिले राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने अवस्था आएको छ । यसमा राष्ट्र बैंकले समस्या नै सिर्जना गरेको त छैन तर त्यसका लागि एउटा गाइडलाइन्स बनाइदिए सजिलो हुन्थ्यो । यदी नेपाललाई क्यासलेस नै बनाउने हो भने अबको दिनमा मोवाइल बैकिङभन्दा उत्तम केही हुन सक्दैन । यसले देशको अर्थतन्त्र कहाँ पुग्छ ।
हाम्रोमा मोवाइल बैकिङको अवस्था कस्तो छ ?
मोवाइल बैकिङमा यो रिजनमा नेपाल सबैभन्दा राम्रो उदाहरण हो । नेपालमा २२/२३ वटा बैंकले मोवाइल फाइनान्स चलाएका छन्, इण्डिया १५ छन्, थाइल्याण्डमा ३÷४ वटा, बंगलादेशमा २\३ वटा पाकिस्तानमा २ वटा बैंकले चलाउँछछन् । भारत प्रविधिमा कति अघि छ तर त्यहाँ केन्द्रिय बैंकले समस्या सिर्जना गरिरहेको छ । हामीले त नेपाललाई मोवाइल बैकिङ्गमा अर्को लेभलमा लैजाने सोंच बनाएका छौं । त्यसपछि केन्याको एम पैसा, फिलिपिन्सको जिक्यास, नेपालको इसेवा हुन्छ, हामी विश्वमै उदाहरणीय हुन्छौं ।
इन्टरनेट, मोवाइल बैकिङ, रेमिट्यानस सेवालाई एक साथ लैजान तपाईहरुले बाटो त बनाउनुभयो तर यो बाटोमा ठूला खेलाडीहरु ठूलै लगानीका साथ डोजर नै लिएर आए, लगानी बढाए नि ।
संसारमा सय जनामा एक जना मोवाइल बैकिङमा छ, यो २००८ यता बुम भएको उद्योग हो । यहाँ फस्ट मुभरले एडभान्टेज लिने हो, यहाँ ग्रो गर्ने ठाउँ प्रशस्त छ । पाँच प्रतिशतले मात्रै मोवाइल बैकिङ्ग उपयोग गरेका छन्, ९५ प्रशित मार्केट भर्जिन छ । यहाँ मल्टिपेल्यर हुनु राम्रो पनि हो । ओलम्पिकमा एक्लै दौडेर ग्लोडमेडल ल्याएर के अर्थ, प्रतिश्पर्धामा प्रतिश्पर्धीलाई जितेर ल्याएको गोल्ड मेडलको अर्थ हुन्छ । हो हामी सानो पुँजी भएको संस्था हो, हामीले प्रोडक्ट सेल गरेर ल्याएको पैसा इन्भेष्टमेन्ट गरिरहेका छौं । तर अन्तिममा प्रश्न संधै रहन्छ, तपाईसँग उपभोक्तालाई, सेवाप्रदायकलाई दिन युनिक के छ ? जो हामीसँग छ ।