मेट्रो बैंकको १६ प्रतिशत लाभांस, १० प्रतिशत नगद, छ प्रतिशत सेयर

बिजमाण्डू
२०६९ असोज ५ गते ००:०० | Sep 21, 2012

काठमाडौं । पोखरामा रहेको मेट्रो डेभलपमेन्ट बैकले १६ प्रतिशत लाभांस दिने भएको छ । बैकको असोज २ मा बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।  दश करोड चुक्ता पुँजी रहेको बैकको असार मसान्तसम्म ७५ करोड ८ लाख निक्षेप संकलन गरी ६१ करोड २० लाख कर्जा प्रवाह गरेको छ । बैकले गत आर्थिक वर्ष १ करोड १२ लाख २२ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको बैकका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद तिवारीले बताए । पोखराको रत्नचोक र लमजुङको भोर्लेटारमा शाखा कार्यालय रहेको बैकको पोखराको हस्पिटलचोक, रामघाट र म्याग्दीको बेनी बजारमा शाखा कार्यालय स्थापनाको तयारी गरिरहेको उनले बताए ।

Tata
GBIME