नेपाल टेलिकमको मोवाइलबाट ३० पैसामा फोन, आधा मूल्यमा एसएमए, ल्याण्डलाइनमा थप कल

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
नेपाल टेलिकमको मोवाइलबाट ३० पैसामा फोन, आधा मूल्यमा एसएमए, ल्याण्डलाइनमा थप कल

Tata
GBIME
Nepal Life
  • टेलिकमको वार्षिकोत्सव अफर
  • ल्याण्डलाइनमा न्युनत्तम शुल्कमा २२५ कल
  • मोवाइलमा रात्री कल प्रतिमिनेट ३० पैसा
  • टेलिकमको एसएमएसमा आधा पैसा छुट
  • बेलायतमा प्रतिमिनेट चार रूपैयाँमा फोन
  •  

काठमाडौं । नेपाल टेलिकमको वार्षिकोत्सव सेरोफेरोमा एनसेलले पैसा डबल योजना ल्याएको छ, यस्तोमा नेपाल टेलिकम पनि किन पछि पर्दथ्यो ? टेलिकमले पनि वार्षिकोत्सव अवसर भन्दै ल्याण्डलाइन, एसएमएस, रात्री कल, अन्तराष्ट्रिय कल र वाइम्याक्स इन्टरनेटमा आर्कषक सुविधा दिएको छ ।
वार्षिकोत्सवमा छुट अफर अन्र्तगत नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोनमा मासिक दुई सय रुपैयाँको न्युनतम शुल्कमा २२५ कल गर्न सकिने सुविधा दिएको छ । यो योजना फागुन १ गतेदेखि बैसाख मसान्तसम्म कायम रहनेछ । यसअघि दुई सय रुपैयाँमा १७५ कल गर्न सकिने सुविधा थियो ।
टेलिकमले ल्याण्डलाइन टेलिफोनमा तीन महिनाका लागि ५० कल अतिरिक्त सुविधा थपेको हो । त्यसैगरी टेलिकमले एसएमएसमा पनि ५० प्रतिशत सुविधा दिएको छ, यो सुविधा टेलिकमको नेटवर्क भित्रका जिएसएम र सिडिएमए सेवामा लागू हुने जानकारी टेलिकमले दिएको छ । यो सुविधा सोमवारबाटै लागू भएर फागुन मसान्तसम्म रहनेछ ।  अब प्रति एसएमएस ५० पैसा मात्र लाग्नेछ, यसअघि एक रूपैयाँ लाग्दथ्यो ।  नेपाल टेलिकमले रात्री कलमा पनि सुविधा थपेको छ । अब राती १० बजेदेखि बिहान छ बजेसम्म नेपाल टेलिकमको जिएसएम र सिडिएमए टेलिफोनबाट फोन गरेको प्रतिमिनेट ३० पैसा मात्रै लाग्नेछ । यसअघि रात्री कल प्रतिमिनेट ५५ पैसा लाग्दथ्यो । यो योजना पनि सोमवारदेखि लागू भएर फागुन मसान्तसम्म रहने कम्पनीले जानकारी दिएको छ ।
अन्तराष्ट्रिय कलमा १४२४ को एक्ससे कोडमा अष्ट्रेलिया र बेलायत फोन गर्दा छुट पाइने भएको छ । अब अष्ट्रेलिया सात रुपैयाँ ७५ पैसा र बेलायत चार रुपैयाँ प्रतिमिनेट पर्नेछ । यो सेवा पनि सोमवारबाटै सुरु भएर फागुन मसान्तसम्म रहनेछ । यस अघि बेलायतमा फोन गर्दा प्रतिमिनेट १२ रुपैयाँसम्म लाग्दै आएको थियो । टेलिकमले वाइम्याक्स सेवा लिने कर्पोरेट ग्राहकलाई १० जिबि बोनस दिने भएको छ । यो सेवा फागुन मसान्तसम्म रहनेछ ।
यसैवीच नेपाल टेलिकमका सबै कार्यालय आज बन्द भएका छन् । टेलिकमको नवौं वार्षिकोत्सव परेकोले सबै कार्यालय बन्द भएको कम्पनीले जनाएको छ । कम्पनीले कार्यालय बन्द हुँदा पर्ने असुविधाप्रति क्षमायाचना मागेको छ । नेपाल टेलिकमले ८४ लाख ग्राहकलाई विभिन्न सेवा दिंदै आएको छ । यी ग्राहकबाट टेलिकमले गतवर्ष ३६ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।