ग्रोथ, इन्नोभेसन एन्ड लिडरसिप सम्मेलन बुधबार काठमाडौँमा हुने, विनोद चौधरीलाई सम्मान गरिने



बिजमाण्डू
२०७३ कात्तिक २१ गते १८:५० | Nov 6, 2016
ग्रोथ, इन्नोभेसन एन्ड लिडरसिप सम्मेलन बुधबार काठमाडौँमा हुने, विनोद चौधरीलाई सम्मान गरिने


Vigo
GBIME
Tata

काठमाडौँ । फष्ट एन्ड सुनिभन संस्थाले ग्रोथ, इन्नोभेसन एण्ड लिडरसिप (जि
आइएल) सम्मेलन काठमाडौँमा आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार आयोजना हुने सम्मेलनमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी सम्मान्नित हुनेछन्। 
 
चौधरीलाई उनको दृढता, लगनशीलता र नेतृत्वका साथै उनले नेपालको स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण र रोजगारीको क्षेत्रमा पुर्यााएको योगदानको कदर स्वरुप ग्रोथ, इनोभेसन एण्ड लिडरसिप पुरस्कार प्रदान गर्ने आयोजकले जनाएका छन्।
 
सम्मेलनमा ज्योति समूहका अध्यक्ष पद्म ज्योति, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले, नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महत, गैर–आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतले नेपालको भविष्य र संभावनाबारे प्रवचन दिनेछन्। 
 
फ्रस्ट एण्ड सलिभानका अध्यक्ष तथा प्रबन्ध साझेदार अरुप जुत्सीले सोल्टी क्राउनप्लाजाका इमिरेट्स प्रेसिडेन्ट प्रभाकर शम्शेर जबरासँग संयुक्त रुपमा सम्मेलन उद्घाटन गर्ने जनाइएको छ।