स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै भारतले चिनी निर्यात माथि प्रतिबन्ध लगाउँदै

बिजमाण्डू
२०७९ जेठ १० गते १५:३८ | May 24, 2022
स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै भारतले चिनी निर्यात माथि प्रतिबन्ध लगाउँदै



काठमाडौं। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने भएको छ। 

Tata
GBIME
NLIC

भारतले आन्तरिक बजारमा चिनीको मूल्यवृद्धि रोक्न निर्यातमा प्रतिबन्ध लगाउन लागेको बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले यो सिजन एक करोड टन मात्रै निर्यात गर्ने सीमा तय गरेको छ। 

भारत विश्वकव सबैभन्दा ठूलो चिनी उत्पादन हो। त्यसपछि ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्दै आएको छ। रुसले युक्रेन माथि युद्ध छेडेसँगै खाद्यान्नको मूल्य भारतसहित विश्वभर नै महँगिएको छ।

जसका कारण विभिन्न देशहरुले आन्तरिक बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न विभिन्न विकल्प कार्यान्वयन गर्दै लगेका छन्।