एनपीएल: शीर्षस्थानमा बलियो बन्दै लुम्बिनी, जनकपुरमाथि १६ रनको जित

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १६:०४ | Nov 5, 2026
एनपीएल: शीर्षस्थानमा बलियो बन्दै लुम्बिनी, जनकपुरमाथि १६ रनको जित
जनकपुरका हरमीत सिंह बोल्ड आउट भए।


काठमाडौं। लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर ८ विकेट गुमाएर १३३ रनमा समेटियो।

लुम्बिनीले दिएको लक्ष्य पछ्याउने क्रममा जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन बनाउँदा आदित्य महताले ३० तथा सैफ हसनले २८ रन बनाए। जनकपुरलाई रोक्न लुम्बिनीका डार्सी सर्टले ३ विकेट लिँदा र किफायति बलिङ गरेका तिलकराज भण्डारी र शेर मल्लले समान २ विकेट लिए। रुबेन ट्रम्पलमेनले १ विकेट लिए।

जनकपुरको ब्याटिङ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट १४९ रन बनाएको थियो। अन्तिम दुई ओभरमा मात्रै २४ रन बनाउँदै लुम्बिनीले इनिङ्स उकासेको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लुम्बिनीका ओपनर डार्सी सर्टलाई ललित राजवंशीले रोयल डकआउट गर्दै जनकपुरलाई पहिलो सफलता दिलाएका थिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउँदा निरोशन डिक्वेलालले २७, दीलिप नाथले २५ तथा आशिफ शेखले २१ रन बनाए।

लुम्बिनीका कप्तान रोहित पौडेल र डार्सी सर्ट

बलिङमा विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिँदा ललित राजवंशी, हरमीत सिह र अभिषेक तिवारीले समान १ विकेट लिए।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज भिड्दैछन्।

अंकतालिकामा ४ खेलबाट ७ अंक जोड्दै लुम्बिनी शीर्षस्थानमा छ। दुई सिजनमा गरि पछिल्ला १० खेलमा लुम्बिनीले हार व्यहोरेको छैन। जनकपुर भने ५ खेलबाट ४ अंक बनाउँदै पाँचौँ स्थानमा रहँदा प्लेअफका लागि दवाबमा पर्न थालेको छ।