अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गर्दै लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १४:११ | Nov 5, 2026
अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गर्दै लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
फाइल फोटो।


काठमाडौं। लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट १४९ रन बनाएको हो। अन्तिम दुई ओभरमा मात्रै २४ रन बनाउँदै लुम्बिनीले इनिङ्स उकासेको थियो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लुम्बिनीका ओपनर डार्सी सर्टलाई ललित राजवंशीले रोयल डकआउट गर्दै जनकपुरलाई पहिलो सफलता दिलाएका थिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउँदा निरोशन डिक्वेलालले २७, दीलिप नाथले २५ तथा आशिफ शेखले २१ रन बनाए।

बलिङमा विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिँदा ललित राजवंशी, हरमीत सिह र अभिषेक तिवारीले समान १ विकेट लिए।

जनकपुर जवाफी ब्याटिङमा उत्रिँदैछ।