काठमाडौं। सरकारले प्रहरी महानिरीक्षकबाट हटाएर सल्लाहाकार बनाएपछि दानबहादुर कार्की पुनर्बहाली माग्दै सर्वोच्च अदालत पुगेका छन्।
केही दिनअघि नै हटाउने सूचना पाएसँगै कानुनी परामर्श गरेका कार्की बुधबारको मन्त्रिपरिषद् बैठकबाट सल्लाहकार बनाइएपछि बिहीबार पुनर्बहाली माग्दै सर्वोच्च पुगेका हुन्।
बिहीबार रिट दर्ता भए पनि पेसी भने भोलि मात्र चढ्ने छ। कार्की २०५४ भदौ १८ गते प्रहरीमा प्रवेश गरेका थिए।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी मनोज केसीलाई प्रहरी महानिरीक्षक जिम्मेवारी दिएको छ। उनले सोही दिन दर्ज्यानी चिन्ह लगाएर जिम्मेवारी सम्हालिसकेका छन्।










