तिहारमा फूलमाला कारोबारलाई महानगरले तोक्यो ३३ ठाउँ, प्लाष्टिकका बेचे जफत हुने

बिजमाण्डू
२०८३ कात्तिक १७ गते ०९:४८ | Nov 3, 2026
तिहारमा फूलमाला कारोबारलाई महानगरले तोक्यो ३३ ठाउँ, प्लाष्टिकका बेचे जफत हुने


काठमाडौं। काठमाडौं महानगर क्षेत्रभित्र तिहारका लागि फूलमाला लगायत आवश्यक सामग्री बिक्री वितरणलाई व्यवस्थित बनाउन महानगरपालिकाले निश्चित ठाउँहरु तोकेको छ।

GBIME
Tata

फूल, माला तथा विभिन्न सजावटका सामग्रीहरूको बिक्री वितरणलाई व्यवस्थित गर्न ३३ ठाउँ तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको हो। महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा गुणस्तर कायम नभएका सजावटका सामग्रीहरू बिक्री वितरण नगर्न र स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यापारी तथा सर्वसाधारणलाई महानगरले आग्रह गरेको छ।

प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल तथा सामग्रीहरू बिक्री वितरण गरेको पाइएमा ती सामग्रीहरू जफत गरिने पनि सूचनामा छ। नेपाली किसानले उत्पादन गरेका फूल र मालाहरूको बिक्री वितरणका लागि सरोकारवाला निकायहरूसँगको समन्वयमा स्थानहरू तोकिएको जनाइएको छ।

यहाँ पाइन्छ किनबेच गर्न

एनबी सेन्टर (नयाँ बानेश्वर), बिगमार्ट (शंखमूल), आइप्लेक्स मल (नयाँ बानेश्वर), सेल्स बेरी (मध्य बानेश्वर), फोनेक्स टावर (बत्तीसपुतली), तीनकुने चौर (तीनकुने), सिफल चौर (सिफल), एसी कम्प्लेक्स (चाबहिल), चाबहिल गणेशस्थान तरकारी बजार (चाबहिल), केएल टावर अगाडि (चाबहिल), धर्मचक्र पार्क (स्वयम्भू), कालीमाटी बेंकेट (कालीमाटी), द्यौखेल (कालीमाटी), कलंकी भाटभटेनी (कलंकी), भ्याली कोल्डस्टोर (नयाँ बजार)

बुद्ध मल (माछापोखरी), गुणस्तर खाल्डो (माछापोखरी), कामपा-५ को डबली (हाडीगाउँ), कामपा-५ गणेश मन्दिर डबली (हाडीगाउँ), कोइराला स्मार्ट, कामपा-१६ (सामाखुसी), महाराजगञ्ज सेल्स बेरी, गोंगबु बिगमार्ट, बालुवाटार बिगमार्ट, चप्पल कारखाना बिगमार्ट, आइटी बिल्डिङ (कमलादी), स्टार मल (पुतलीसडक), अनामनगर भाटभटेनी, टेबहाल मन्दिर परिसर, काठमाडौं मल (सुन्धारा), न्यु प्लाजा बज्र कम्प्लेक्स गुड मार्ट, लगन, जैसीदेवल, भृकुटीमण्डप

यी ठाउँहरूका लागि सम्बन्धित बजार व्यवस्थापन समितिका प्रतिनिधि एवम् सम्पर्क व्यक्तिहरू तोकिएका छन्, जसबाट व्यापारीले ठाउँ र व्यवस्थापनसम्बन्धी थप जानकारी लिन सकिने जनाइएको छ।