काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई कारबाही गरेको छ।
विभागले सोमबार बजार अनुमनका क्रममा बालाजुस्थित नर्थ भ्याली अटो स्टेसन र ठमेलस्थित कुङ्फु नुडल्सलाई जरिवाना गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार काम नगरेको भन्दै दुवै फर्मलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको हो।
ताहचलस्थित कान्हा इलेक्ट्रोनिक्स, कालिमाटीस्थित बी एण्ड एन फलफूल तथा तरकारी सप्लायर्स र ठमेलस्थित अर्थ एङगल ट्रेडिङलाई व्यवसायसँग सम्बन्धित कागजपत्र लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।










