मुस्ताङ। भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ।
अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिँदा सडक अवरुद्ध भएको थियो।
यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्याएको बेनी-जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताए। रासस









