सरुवाको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने तीन स्थानीय तहको आर्थिक र प्रशासनिक अधिकार रद्द

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १९:५५ | Oct 30, 2026
सरुवाको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने तीन स्थानीय तहको आर्थिक र प्रशासनिक अधिकार रद्द


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

GBIME
Tata

सरुवा गरिएको कार्यालयमा जान अटेर गरेको र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर गर्न नदिएको भन्दै मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो।

जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।

मन्त्रालयले ती पालिकालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ।