काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
सरुवा गरिएको कार्यालयमा जान अटेर गरेको र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर गर्न नदिएको भन्दै मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
मन्त्रालयले ती पालिकालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ।