डेब्यु खेलमै रसेललाई विकेट, मलानको अर्धशतकमा विराटनगरलाई १५८ रनको लक्ष्य

बिजमाण्डू
२०८३ कात्तिक १० गते १४:१३ | Oct 27, 2026
डेब्यु खेलमै रसेललाई विकेट, मलानको अर्धशतकमा विराटनगरलाई १५८ रनको लक्ष्य


काठमाडौं। चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

GBIME
Tata

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले हेभिवेट खेलाडी आन्द्रे रसेलदेखि एनगोलो म्याथ्युजसम्मलाई उतार्‍यो। चितवनका नियमित कप्तान कुशल मल्ल प्लेइङ ११ मा नआउँदा कप्तानको जिम्मेवारी रवि वोपाराले लिए। खेलमा बलिङदेखि ब्याटिङसम्म विदेशी खेलाडीको वर्चस्व रह्यो।

चितवनको इनिङ्स उकास्न डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५० बलमा समान ५ चौका र छक्का प्रहार गरे। त्यस्तै रवि बोपाराले अविजित ३२ रन बनाउँदा डान मौस्ले २९ रनमा अविजित रहे।

बलिङमा आन्द्रे रसेल, एनगेलो म्याथ्युज र चरिथ असलंकाले समान १ विकेट लिए।

विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।