कामना सेवा विकास बैंकको सहयोग, कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर

बिजमाण्डू
२०८३ असोज २९ गते १०:४३ | Oct 15, 2026
कामना सेवा विकास बैंकको सहयोग, कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर


काठमाडौं। कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी अस्पताललाई सहयोग गरेको छ। बैंकले अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ।

GBIME
Tata

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झालाई उपकरण हस्तान्तरण गरेका छन्।

अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ एवं चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ।