अर्थ मन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवा : गण्डकीका फुँयाल सिंहदरबारमा, अन्यको कहाँ?

बिजमाण्डू
२०८३ असोज २६ गते १२:३६ | Oct 12, 2026
अर्थ मन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवा : गण्डकीका फुँयाल सिंहदरबारमा, अन्यको कहाँ?


काठमाडौं। अर्थ मन्त्रालय अन्तर्गतका ८५ जना उपसचिवको सरुवा भएको छ। मन्त्रालय र अन्तर्गतका निकायमा रहेका राजस्व समूहका उपसचिवहरू २३ गतेको निर्णयअनुसार सरुवा गरिएको हो।

GBIME
Tata

जसअनुसार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयका रहेका उपसचिव अम्बिकाप्रसाद फुँयालको अर्थ मन्त्रालयमा सरुवा भएको छ। चोभार सुख्खा बन्दरगाहको निर्देशक रहेका दयानन्द केसी, आन्तरिक राजस्व विभागका निर्देशक सुवोध खतिवडाको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतद्वय सन्तबहादुर ढकाल र ध्रुवप्रसाद पाण्डे अर्थ मन्त्रालयमा सरुवा भएका छन्। ठूला करदाता कार्यालयकै प्रमुख कर अधिकृतद्वय अम्बिकाप्रसाद खनाल र उद्वराज न्यौपाने अर्थ मन्त्रालयमा सरुवा भएको छ।

आन्तरिक राजस्व विभागका निर्देशक रहेका प्रकाश पौडेलले मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतको जिम्मेवारी पाएका छन्।

हेर्नुहोस् सूची