बेनी-जोमसोम सडक खुलेसँगै कन्टेनर धमाधम गन्तव्यतिर, मुस्ताङको स्याउ पनि बजारमा

बिजमाण्डू
२०८३ असोज २५ गते १३:१७ | Oct 11, 2026
बेनी-जोमसोम सडक खुलेसँगै कन्टेनर धमाधम गन्तव्यतिर, मुस्ताङको स्याउ पनि बजारमा


मुस्ताङ। बेनी-जोमसोम सडक सञ्चालनमा आएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्।

GBIME
Tata

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरला नाकाबाट आयात गरिएका मालवस्तु बोकेका कन्टेनर मुस्ताङबाट बाहिरिन थालेका छन्।

प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी-जोमसोम सडक खुलेसँगै २४ गते ८५ वटा र आइतबार त्यसभन्दा बढी कन्टेनर मुस्ताङबाट बाहिरिएका छन्।

असोज ८-११ को बाढीले मुस्ताङसँगको सडक सम्पर्क टुटेका कारण मालबाहक कन्टेनर बीच बाटोमा अलपत्र परेका थिए। बाटो खुलेपछि मुस्ताङमा उत्पादित स्याउ बजारमा पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए। रासस