बूढीगण्डकी बाढी: गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिमका तटीय क्षेत्रमा सतर्कता आवश्यक

बिजमाण्डू
२०८३ असोज २५ गते ०७:५१ | Oct 11, 2026
बूढीगण्डकी बाढी: गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिमका तटीय क्षेत्रमा सतर्कता आवश्यक


काठमाडौं । बूढीगण्डकीमा आएको बाढीका कारण अहिले नदी किनारमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

GBIME
Tata

गोरखाको चुमनुब्री-६ भएर बग्ने बूढीगण्डकी नदीमा आज बिहान आएको ठूलो बाढीका कारण गोरखा, तनहुँ, चितवन, पूर्वी नवलपरासी र पश्चिमका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्राधिकरणले ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सूचना सम्प्रेषण गर्दै जोखिम क्षेत्रकाहरुलाई समयमै सुरक्षित स्थानमा लैजान सहयोग गर्न भनेको छ।

त्यस्तै, प्राधिकरणले आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेको छ।