उद्योग मन्त्रालय मातहत १७ उपसचिवको सरुवा, मन्त्रीको निजी सचिवालयकी सन्ध्या खानीमा

बिजमाण्डू
२०८३ असोज २३ गते १३:१० | Oct 9, 2026
उद्योग मन्त्रालय मातहत १७ उपसचिवको सरुवा, मन्त्रीको निजी सचिवालयकी सन्ध्या खानीमा


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माहतत १७ जना उपसचिवको सरुवा भएको छ। सरुवामा कम्पनी रजिष्ट्रारको कार्यालयका ४ जना परेका छन्।

GBIME
Tata

कार्यालयका रामप्रसाद ज्ञवाली र जेमा सुब्बा मन्त्रालय तानिएका छन् भने अमनकुमार कर्ण र माधवप्रसाद अधिकारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको छ।

सचिव रुद्रसिंह तामाङले बिहीबार गरेको निर्णय अनुसार विभागका तारानाथ लुइँटेल र मनोजकुमार विक पनि मन्त्रालय तानिएका छन्। मन्त्रालयका जोरासिंह माझी र भोलाप्रसाद चापागाइँलाई कम्पनी रजिष्ट्रारको कार्यालय पठाइएको छ।

मन्त्रालयकी सन्ध्या सिग्ले खानी तथा भूगर्भ विभाग र रामकृष्ण श्रेष्ठ उद्योग विभागमा पुगेका छन्। सिग्देल मन्त्रालयमा मन्त्री दीपककुमार साहको निजी सचिवालयमा थिइन्।