मञ्जुश्री फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

बिजमाण्डू
२०८३ असोज २३ गते १०:४९ | Oct 9, 2026
मञ्जुश्री फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?


काठमाडौं। मञ्जुश्री फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ।

GBIME
Tata

फाइनान्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

फाइनान्सको चुक्ता पुँजी हाल १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ छ। फाइनान्सका सेयरधनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि पाउनेछन्।