नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो, पोखरा जाने सवारीसाधन मात्र सञ्चालन

बिजमाण्डू
२०८३ असोज ९ गते १३:०२ | Sep 25, 2026
नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो, पोखरा जाने सवारीसाधन मात्र सञ्चालन


काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डमा सवारीसाधन सञ्चालनमा आएको छ। पाेखराका लागि मात्रै सवारी आवनगमन खुला गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

Vigo
GBIME
Tata

चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा सडक पुनः भासिएपछि तथा इच्छाकामना-५ सिमलधारा, तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। यस्तै १५ किलो र १७ किलोमा पनि पहिरो खसेको थियो।

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकमा पोखरा जाने सवारीसाधन सञ्चालन गर्न दिइएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले काठमाडौं जाने सवारीसाधनलाई भने सडकको अवस्था हेरेर आवागमन खुला गरिने बताएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-७ कृष्णभिर र ज्यामिरेघाटमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। गजुरी गाउँपालिका-६ जरेखेत र थाक्रे गाउँपालिका-२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

कृष्णभिरमा सडकको ग्याबिन वाल झरेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याकमा भने समस्या देखिएको छैन।