हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालको २० लाख कित्ता सेयर बिक्रीमा

बिजमाण्डू
२०८३ असोज ९ गते १२:१५ | Sep 25, 2026
हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालको २० लाख कित्ता सेयर बिक्रीमा


काठमाडौं। हाथवे इन्भेष्टमेन्टका आधारभूत सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बिक्रीमा राखेका छन्। उनले आफ्नो नाममा रहेको २० लाख कित्ता सेयर बिक्री गर्न बिहीबार निवेदन दिएका छन्।

Vigo
GBIME
Tata

ढकालले सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जनाएको छ।

कम्पनीका आधारभूत सेयरधनीहरुले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्नु १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भदौ ९ गते दिएको निर्देशन अनुसार कम्पनीले ढकालले सेयर बिक्री गर्न चाहेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको हो।