लगातारको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित (तस्बिरहरू)

सुशील श्रेष्ठ
२०८३ असोज ९ गते १०:०८ | Sep 25, 2026
लगातारको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित (तस्बिरहरू)


काठमाडौं। लगातारको वर्षाले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ।

Vigo
GBIME
Tata

वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू बढी मर्कामा परेका छन्। काममा जानुपर्ने बाध्यता रहेकाले उनीहरू झरीमै घरबाहिर निस्किन बाध्य छन्।

काठमाडौं उपत्यकामा आज इन्द्रजात्राको सार्वजनिक बिदा परेकाले सडकमा भने सामान्य दिनको तुलनामा चहलपहल कम छ। अत्यावश्यक तथा अन्य काममा निस्किएका मानिसहरू छाता र रेनकोट ओढेर आवतजावत गरिरहेका छन्।

लगातारको झरीले सडकमा हिँडडुल गर्नसमेत कठिन छ। वर्षाबाट बच्न पैदलयात्रीहरू सडकछेउका पसल तथा अन्य ओत लाग्ने ठाउँमा देखिन्छन्।

वर्षासँगै सडकमा पानी जम्दा सवारीसाधनको आवागमन पनि प्रभावित भएको छ। लामो दूरीको यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

लगातारको वर्षाले काम, व्यापार र दैनिक उपभोगका लागि बाहिर निस्कने मानिसलाई थप समस्या पारेको छ। मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र सुरक्षित भएर मात्र आवतजावत गर्न सुझाव दिइएको छ।