गणेश पराजुलीको नेतृत्वमा रसुवा बाढीबारे संसदीय समिति गठन, सभामुखले प्रस्ताव प्रस्तुत गर्ने

बिजमाण्डू
२०८३ असोज ५ गते १३:४१ | Sep 21, 2026
गणेश पराजुलीको नेतृत्वमा रसुवा बाढीबारे  संसदीय समिति गठन, सभामुखले प्रस्ताव प्रस्तुत गर्ने


काठमाडौं। रसुवा बाढीको विपद तथा जलवायु परिवर्तनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता गणेश पराजुलीको नेतृत्वमा १५ संसदीय विशेष समिति गठन भएको छ।

Vigo
GBIME
Tata

सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा रसुवा,नुवाकोट र धादिङमा आएको बाढीपछिको राहत तथा उद्दार, पुननिर्माण तथा जलवायु परिवर्तनका विषयमा संसदीय समिति बनाउने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए।

प्रतिनिधि सभाको अहिले चलिरहेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनको प्रस्ताव प्रस्तुत  गर्ने तयारी छ। समितिमा सबै दलको प्रतिनिधित्व रहने छ।