देउवा समूह गगनसँग नमिल्ने, महाधिवेशन बहिस्कार गर्न नेता कार्यकर्तालाई अपिल

बिजमाण्डू
२०८३ भदौ २९ गते १७:१७ | Sep 14, 2026
देउवा समूह गगनसँग नमिल्ने, महाधिवेशन बहिस्कार गर्न नेता कार्यकर्तालाई अपिल


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षको प्रस्ताव अस्वीकार गरेको छ।

Vigo
GBIME
Tata

पार्टीको संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर १४औं महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनमा छुटेका १११ केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेकामा देउवा समूहले त्यसलाई अस्वीकार गरेको हो।

देेउवा समूहले विज्ञप्ति नै निकालेर पार्टीको असोज ३ देखि सुरु हुने महाधिवेशन प्रक्रियामा भाग नलिन अपिल नै गरेको छ।

‘आश्विन ३ गतेवाट विधि प्रकृया मिचि सुरु गर्ने भनिएको तथाकथित अधिवेशन र महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं। १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौं,’ डा. शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डा. शशांक कोइराला

पार्टीलाई विभाजनको दिशातर्फ नधकेल्न आफूहरुले गरेका प्रयासलाई संस्थापन पक्षले सकारात्मक रूपमा नलिएको देउवा समूहको भनाइ छ।