अरुण भ्याली हाइड्रोपावरका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर, बोलायो साधारण सभा

बिजमाण्डू
२०८३ भदौ २९ गते १०:५९ | Sep 14, 2026
अरुण भ्याली हाइड्रोपावरका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर, बोलायो साधारण सभा


काठमाडौं। अरुण भ्याली हाइड्रोपावर कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा र सञ्चितिबाट ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब ४ करोड ४ लाख रुपैयाँ छ।

यो लाभांश सेयरधनीले कम्पनीको २९‍औं वार्षिक साधारण सभाबाट पारित भएपछि पाउनेछन्। कम्पनीले असोज २७ गते साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।