काठमाडौं। आशिफ शेखले यूएईविरुद्ध शतक बनाएका छन्। एसीसी प्रिमियर कप अन्तर्गत आज जारी फाइनल खेलमा ओपनर शेखले १०३ बलमा ८ चौका र ४ छक्काको सहायतामा शतक प्रहार गरेका हुन्।
योसँगै नेपालले बलियो ब्याटिङ गरिरहेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय शेख र अर्जुन कुमालले ९७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। कुमाल ४३ रन बनाएर रनआउट हुँदा अर्का ब्याटर इशान पाण्डे १३ रन बनाएर अदीप उस्मानीको बलमा तानिस सुरीबाट क्याचआउट भए।
क्रिजमा रहेका रोहित पौडेलले ३४ ओभरमा १७ रन बनाएर आशिफलाई साथ दिइरहेका छन्।
आजको विजेता टोलीले एसीसी एसिया कपमा खेल्ने अवसर पाउनेछ।










