पूर्वाधारमन्त्री सुनिल लम्सालले बनाए दुई अलग समिति, संयोजक पोखरेल र डाँगी

बिजमाण्डू
२०८३ भदौ २६ गते १८:५४ | Sep 11, 2026
पूर्वाधारमन्त्री सुनिल लम्सालले बनाए दुई अलग समिति, संयोजक पोखरेल र डाँगी


काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दुई अलग समिति गठन गरेका छन्।

Vigo
GBIME
Tata

लम्सालले भोटेकोशी नदीमा आएको बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति मूल्यांकन र यातायात सम्बन्धी कानुनमा सुधार सम्बन्धमा सुझाव दिन अलग अलग समिति गठन गरेका हुन्।

बाढीले भएको क्षति मूल्या्कनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिनियर डिभिजनल इन्जिनियर शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी सदस्य छन्।

समितिलाई सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषय अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।

यस्तै यातायात क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न गठित समितिमा मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजक छन्।

समितिमा सिनियर डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्र र मणिराम भुसाल, इन्जिनियर सागर पन्थी र अनुकूल निधि, कानुन अधिकृत जानुका शिवाकोटी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडालाई सदस्य राखिएको छ।

यो समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।