बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ

बिजमाण्डू
२०८३ भदौ २६ गते १२:४१ | Sep 11, 2026
बाढी प्रभावितको सहयोगका लागि बेगानी ग्रुपले प्रदान गर्‍यो १ करोड ११ लाख रुपैयाँ


काठमाडौं। बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बेगानी ग्रुपले १ करोड ११ लाख रुपैयाँ प्रदान गरेको छ।

Vigo
GBIME
Tata

बेगानी ग्रुपअन्तर्गतको गणपति ज्वेलर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्रुपले उक्त रकम जम्मा गरेको जानकारी दिएको छ।

बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा ग्रुपले यो योगदान गर्ने निर्णय गरेको हो।

ग्रुपले विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै सहयोग अघि बढाएको जनाएको छ। ग्रुपका अनुसार यो योगदान बाढीपीडितको राहत तथा उद्धार कार्यमा उपयोग हुनेछ।