आज कुशेऔँसी : पितृमोक्षको कामना गर्दै बिहानैदेखि गोकर्णेश्वरमा तर्पण (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ भदौ २६ गते ०९:५८ | Sep 11, 2026
आज कुशेऔँसी : पितृमोक्षको कामना गर्दै बिहानैदेखि गोकर्णेश्वरमा तर्पण (तस्विरहरु)


काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ।

GBIME
Tata

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले बताए।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

आज काठमाडौंको गोकर्णेश्वरमा बिहानैदेखि पितृमोक्षको कामनामा मानिसहरु पूजा गर्न पुगिरहेका छन्।